राणा विरोधी आन्दोलनका जनमुक्ति योद्धा जसवहादुरको निधन

सन्तवीर लामा
धनकुटा– वि.सं.२००७ सालको जहाँनिया राणा शासनको अन्त्य गर्न नेपाली जनताले संचालन गरेको राणा विरोधी आन्दोलनका जनमुक्ति सेना जस वहादुर माङ्गयक लिम्बुको ९० वर्षको उमेरमा निधन भएको छ ।
करिव डेड वर्ष देखी वाथको विरामले खुट्टाको घुँडा नचल्ने भै थलिएका मुक्ति योद्धा जसवहादुरको सोमवार विहान आफ्नै निवास–७ मोति टोलमा निधन भएको हो । उनको पार्थिव शरिरलाई सोमवार अपरान्ह ४ वजे धनकुटाको मुलघाट स्थित् विश्रान्तीमा किराँत धर्म, संस्कार र परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ ।
उनको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सामाजिक संघ, संस्थाका अगुवा, भुपु सैनिक संगठनका पदाधिकारी एवं सदस्यहरु, किराँत धर्म तथा साहित्य उत्थान संघ धनकुटाका पदाधिकारी एवं सदस्यहरु र जेष्ठ नागरिक संघका पदाधिकारी एवं सदस्य लगायत सयौंको संख्यामा मलामीजन सहभागी भएका थिए ।
वि.सं.१९८७ साल भाद्र १० गते छथरथुमको साविक हात्तिखर्क गाविस–२,हालको छथरजोरपाटी गाउँपालिका वडा नं.१ हात्तिखर्कमा जन्मिएका जसवहादुर विं.सं. २०१८ साल देखी धनकुटा नगरपालिका वडा नं.७ मोति टोलमा परिवारको साथ वस्दै आएका थिए । स्वर्गिय लिम्वुले वि.सं.२००७ साल अघिको राणा विरोधी अभियानमा जनमुक्ति सेनामा कार्यरत रहेर पुर्वि नेपालको मोरङ्ग, सुनसरी र धनकुटामा कार्य थालो वनाएर काम गरेको भुपु संनिक संघ धनकुटाले जनाएको छ ।
स्वर्गिय लिम्वु वि.सं.२०११ सालमा राष्ट्रिय सुरक्षा दल गठन भएपछि त्याहाँ आवद्ध भएर काम गरिहेको वखत वि.सं.२०१५ सालमा नेपाली सेनामा समायोजन भएर देशको सेवा गरेका थिए । उनी नेपाली सेनामा समायोजन हुँदा जम्दार पदमा वहाली भएका थिए ।
करिव १६ वर्षसम्म नेपाली सेनाको जम्दार पदमा कार्यरत रहि वि.सं.२०३१ सालमा उनी सेवा निर्वित भएको उनका भतिज नरवहादुर माङ्गयकले वताए । नेपाली सेनावाट सेवानिर्वित भएपछि नेपाल परिवार नियोजन संघ धनकुटामा १० वर्ष सेवा गरेका थिए भने राष्ट्रिय भुपू सैनिक संगठन धनकुटाका जिल्ला सल्लहाकार भएर काम गरिहेका थिए । त्यसैगरी किराँत धर्म साहित्य उत्थान संघ धनकुटा नगर समितिको पुर्व अध्यक्ष, धनकुटा न.पा.७ मोति टोलवस्ती संगठनका निर्वतमान अध्यक्ष र नगर क्षेत्रकै जेष्ठ नागरिक मध्येका अग्रज भै जेष्ठ नागरिक संघमा समेत आवद्ध भएर सेवा गरिहेका थिए ।
उनी नेपालमा वि.संं.२०४६ मा प्रजातन्त्र आएपछि जातिय मुक्ति आन्दोलनको नेतृत्व गर्दै वि.सं.०४८÷०४९ मा राष्ट्रिय जनमुक्ति पार्टीमा आवद्ध भएर काम गरेको थिए । पछिल्लो समयमा भने उनी राप्रपा पार्टीमा आवद्ध थिए । हाल उनका एक श्रीमती, १ छोरा र २ छोरी रहेका छन् ।