राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

याम्बु । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार साँझ निधन भएको छ । करीब ६ बजे साँझ १०१ वर्षीय राष्ट्रकवि घिमिरेको घरमा निधन भएको हो ।
उनको जन्म विसं १९७६ साल असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।उनका गौरी, नव मञ्जरी, मालती मङ्गले, हिमालपारि– हिमालवारि, किन्नर–किन्नरी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन् ।पारिवारिक श्रोतका अनुसार उनको अन्त्येष्टि बुधवार गर्ने तयारी छ।