नेपाली समाज इजरायलद्वारा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संग बृहत संवाद कार्यक्रम सम्पन्न

तेलअविव – नेपाली समाज (NeSo) इजरायल द्वारा जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संग प्रत्यक्ष रुपमा जुम अनलाइन भर्चुअल बृहत संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार इजरायलको स्थानीय समय अनुसार दिउसो बजे देखि कार्यक्रम सुरु भएको थियो । जुम भर्चुअल बृहत संवाद कार्यक्रममा वक्ताहरुले उठान गरेका बिषयबस्तु उपर र माओवादी ,नयाँ शक्ति हुदै जनता समाजवादी पार्टि सम्मको यात्राबारे सम्बोधन गर्नु हुदै आफ्नो मन्तव्य राख्नु भएको थियो ।
समय अभावको कारण प्रश्न उत्तरको सेसन भने चलन सकेन ।
नेसो इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङले जुम भर्चुअल अनलाइन संवाद कार्यक्रममा प्रत्यक्ष रुपमा जोड्नु भएका र सामाजिक संजाल फेसबुकमा लाइभ हेर्नु भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाकी महासचिव अनिला मोक्तान तामाङले संचालन गरेकी थिईन् ।
डा. बाबुराम भट्टराई संगको संवाद कार्यक्रमको पूर्ण भिडियो हेर्नु सक्नुहुनेछ ।