इजरायलमा अनलाइनबाटै हरितालिका तिज तथा चौथा पूजा कार्यक्रम,राष्ट्रिय कलाकारहरुले धमाका मचाउने
तेलअविब – इजरायलमा यसपाली बिश्व कोरोना महामारीको कारण नेपालबाट कलाकार झिकाएर हरितालिका तिज कार्यक्रम हलमा नगर्ने भएको छ । नत्र भने हरेक तिज आउनु छ सात महिना अघि नै कुन संस्थाले कार्यक्रम गर्ने भनेर हान्थाप नै हुने गर्दर्थियो ।
तिज कार्यक्रम हलमा नभएपनि सदा झैको रिक्तता मेटाउन र थप मनोरञ्जनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा )प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागद्वारा “सामाजिक दुरी कायम गरौ WHO को नियम पालन गर्दै( covid_19 ) कोरोना बाट बचौं र बचाउँन मद्धत गरौँ “भन्ने सन्देश सहित जुम अनलाइन भर्चुअल मार्फत हरितालिका तिज बिशेष तथा चौथा पूजा कार्यक्रमको आयोजन गर्ने भएको छ।
नेपालबाट राष्ट्रिय कलाका रहरु सामना परिवारको जनगायिका कमरेड निर पवन , वरिष्ठ युवा तथा लोक गाएक अमृत खाती , लोक तथा आधुनिक गायिका उमा श्रेष्ठको सागेतिक कोशेलि सहित शुभकामना आदानप्रदान गर्ने भएको छ ।
आउदो १७ अगस्ट (सोमबार)हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरुले जुम अनलाइन मार्फत नै चर्चित गितहरु प्रस्तुत गर्ने भएका छन् ।
नेपाली महिलाहरुको महानपर्व हरितालिका तीज तथा चौथा पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरु साथै दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको एकता पारिवारिक सदभावको लागि तिज तथा चौथा पूजाको अग्रिम शुभकामना ब्यक्त गर्दै श्रमिकहरुको हकहितको रक्षागर्दै शोषित पिडितहरु माथि भएको अन्याय अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज वुलन्द गर्दै नेपाल र नेपालीहरु माथी आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहलकदमी लीन नेपाल कम्युनिष्ट पार्टीमा (नेकपा )मा आस्था राख्नुहुने इजरायल बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई प्रबासमा बसेर आफ्नो राजनीतीक आस्था र बीचारर्लाई नीरर्न्तरता दीदै नेपाली समाजको पहीचान सुख दुख समस्या श्रमीकहरुको हक अधीकारलाई आवाजमा बुलन्ध गर्ने उदेश्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुलाई महिलाहरुको महान पर्ब हरितालिक तीज तथा चौथा पुजा पर्वको पावन अबसरमा प्रबासी नेपाली एकता मंच इजरायल महिला बिभागले उपस्तिथिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।