हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

इजरायल र यूएई बीच ऐतिहासिक सम्झौता,प्यालेस्टिनी असन्तुष्ट

तेलअविव – इजरायल र युनाइटेड अरब इमिरेट्सबीच सम्बन्धमा सुधार गर्ने ऐतिहासिक सम्झौता भएको छ।                                           

नियन्त्रणमा रहेका वेष्ट बैंकका केहि भाग गाभ्ने विवादास्पद् योजना स्थगित गर्न इजरायल सहमत भएपछि यो सम्झौता भएको हो।

यो सहमति गर्नका लागि मध्यस्तता गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ती मुलुकहरुले यो सहमतिलाई ऐतिहासिक तथा शान्ति स्थापनाका लागि ठूलो सफलता भएको बताएका छन्।

अहिलेसम्म खाडी मुलुकहरुसँग कुटनीतिक सम्बन्ध नभएको इजरायल र यूएईसँग याे पहिलाे सम्झौता हो।

इरानसँग दुवै देशको समान चिन्ताले यी दुई देशलाई नजिक ल्याएको हो।

यो सहमतिबाट प्यालेस्टिनी नेताहरु भने अचम्ममा परेको बताइएको छ।

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई राष्ट्रघात जत्तिकै अपराधको संज्ञा दिएका छन् भने यूएईका लागि प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेत्यन्याहु र अबु दाबीका राजकुमार मोहम्मद अल नह्यानबीच भएको यो सम्झौतालाई एउटा साँच्चिकैको ऐतिहासिक क्षण बताएका छन्।

यसलाई सन् १९४८ मा भएको इजरायलको स्वतन्त्रतापछि भएको तेस्रो इजरायल–अरब शान्ति सम्झौताको रुपमा लिइएको छ।

‘आइसब्रेक भएको छ। अरु मुस्लिम मुलुकहरुले पनि अब यूएईकै बाटो पछ्याउने छन् भन्ने मेरो अपेक्षा छ,’ ट्रम्पले भनेका छन्।

–बीबीसी






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution