हेडलाईन

खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन         इजरायलमा ह्योल्मो सोनाम लोसार २१४९ ‘छ्यु ता ल्हो’ भव्यताको साथ मनाउने         प्रवासमा रहेका नेपालीलाई नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश सम्बोधन गर्ने         तामाङ समाज कतारको नवौँ अधिवेशनबाट अध्यक्षमा शुबास तामाङ सर्वसम्मत चयन         अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलर भद्रा वाइबाले तामाङ भेषभूषामै लिईन् शपथ ग्रहण         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाउने तयारी         इजरायलमा माघ्या सकराटि भव्यताको साथ् मनाउने         एनआरएन इजरायलले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै         इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै        

फेसबुकको चिनजान नै बन्यो काल , गोंगबु हत्याकाण्डका आरोपी समातिए

याम्बु । गोंगबुको नवज्योती मार्गमा सुटकेशमा शव भेट्नासाथ अनुसन्धानका लागि ट्रयाकिङ डग प्रयोग गरियो । जसको नाम थियो– ‘जोजो ।’ट्रयाकिङ डगले शव भेटिएको करिब ३ सय मिटर पर जेब्रा झोलामा फालिएको शवको टाउको र खुट्टा पत्ता लगायो । त्यसपछि अपराध महाशाखा र काठमाडौँ प्रहरीले त्यो अपरेशनको नाम दिए– ‘अप्रेशन जोजो ।’

अभियुक्त कल्पना मुडभरी पौडेल । तस्बिर नेपाल प्रहरी

दुई दिन र दुई रातको मेहनतपछि ‘अप्रेशन जोजो’ सफल भएको छ । मंगलबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी बरीष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले संयुक्त पत्रकार सम्मेलन गरेर दाङका ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गर्ने कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेका छन् । रोल्पा रुन्टीगढीका बोहरापछि दाङ झरेका हुन् ।

परिवार र आफन्तसँग सम्पर्क नहुँदा बोहराको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार मध्यान्ह प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेपछि बोहोराको मामा प्रहरी सम्पर्कमा पुगे । मामाले शव चिनेपछि ‘अप्रेशन जोजो’ अझै रफ्तारमा अगाडि बढ्यो ।

मृतकका मामाले प्रहरीलाई एउटा ‘क्लू’ दिए । त्यो क्लू थियो– ‘बोहराको नवज्योती मार्गमा बस्ने कल्पना भन्ने महिलासँग हिमचिम छ ।’ प्रहरी तिनै मामालाई लिएर नवज्योतीमार्गमा कल्पनाको डेरा खोज्न थाले ।

‘मामा’ एकपटक त्यो कोठामा गएका पनि थिए । उनले अर्को ‘क्लू’ दिए–‘कल्पना बस्ने घरको रंग निलो जस्तो लाग्छ ।’ प्रहरी निलो रंगको घरमा पुग्यो । त्यो किरण बस्नेतको घर हो । कल्पनाले सो घरको तेस्रो तलामा कृष्णबहादुरको हत्या गरिन् ।’

दही र स्लिपिङ ट्याब्लेट 

शनिवार साँझ ५ बजे रक्सीको बोत्तल (रुस्लान भोड्का) लिएर कृष्णबहादुर कल्पनाको कोठमा जान्छन् । कल्पना र दुई छोरा–छोरी त्यहाँ बस्थे । कल्पनाले मासु पकाउँछिन् । त्यसअघि उनलाई दही र चिउरा खुवाउँछिन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएको कुरा कृष्णबहादुरले थाहा पाउँदैनन् ।

निन्द्रा लाग्ने चक्की (ट्रेड–१० एमजी)को असरले कृष्णबहादुर गल्छन् । त्यसपछि भोड्का र मासु लिन्छन् । कल्पना पनि उनलाई साथ दिन्छिन् । त्यतिन्जेल छोरा–छोरी खाना खाएर आफ्नो कोठमा टिभी हेर्न थाल्छन् ।

नसाको सुरमा लठ्ठ परेर बोहोरा सुतेको मौकामा किला निकाल्ने ह्यामरले कल्पनाले उनको अण्डकोषमा प्रहार गर्छिन् । अण्डकोषमा ह्यामरले हिर्काएपछि सलले घाँटी बाँधेर मरेको यकिन गरेपछि बाथरुममा लगेर कृष्णबहादुरको घाँटी काट्छिन् ।

घटनाबारे जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी ज्ञवाली भन्छन्– ‘सुटकेशको साइजअनुसार मिलाउन दुवै खुट्टा काटेको अनुसन्धानबाट खुलेको छ ।’

कृष्णबहादुरको हत्या गरिसक्दा करिब ११ बज्यो । बाहिर पानी दर्किरहेको थियो । राती करिब १२ बजेतिर कल्पनाले टाउको र खुट्टा लगेर डेरा नजिकै स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा लगेर छाडिन् ।

करिब १ बजेतिर सुटकेशमा प्याक गरिएको कृष्णबहादुरको बडी फाल्नका लागि उनले छोरीलाई बोलाइन् । ‘नाम्लो लगाएर कल्पनाको शव बोकेको र छोरीले छाता ओढाएको आरोपीको बयानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।

फेसबुकबाट चिनजान नै ‘काल’

चार बर्षअघि कल्पना र कृष्णबहादुरको चिनजान भयो । त्यतिबेला बोहरा विदेशमा थिए । पछिल्लो तीन बर्षयता काठमाडौँमा उनीहरु दुईजनाको बिचमा भेट भइरहन्थ्यो ।

कमला पौडेलको नामबाट कल्पनाले फेसबुक चलाउँथिन् । तर, उनको फोटो राखेर बोहराले ‘कल्पना शाही’ नामबाट फेसबुक आईडी बनाए । सो आईडीबाट अरु केटाहरुलाई फिसिङ गर्न थाले । बोहराको कर्तुत थाहा पाएपछि कल्पनाले त्यसो नगर्न भनिन् । तर, उनलाई उल्टो ‘नाङ्गो फोटो सार्वजनिक गर्दिने’ धम्की दिन थाले ।

कक्षा १० मा पढ्ने छोरीलाई पनि बोहराले गलत नियतले हेर्न थालेकोमा कल्पना रुष्ट थिइन् । ‘हर्केहल्दार’ टेली श्रृङ्खलामा एउटा भागमा अभिनय गरेकी कल्पनाले त्यसपछि बोहरोलाई सँधैका लागि साइड लगाउने निधो गरिन् ।

‘हत्याको मुख्य कारण फेसबुक ब्ल्याकमेलिङ नै हो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने– ‘छोरीलाई गलत नजर हेर्न थालेपछि कल्पनाको आक्रोश अझै बढेको देखिन्छ ।’ अन्तत, फेसबुकबाट जोडिएको कल्पना र कृष्णबहादुरको सम्बन्ध ‘फेसबुक विवाद’ कै कारण अन्त्य भयो ।

अनि, पक्राउ परिन्

‘कल्पना दिदी’ खोज्दै नवज्योतीमार्गमा पुगेको प्रहरीले घरधनी किरण बस्नेतमार्फत उनको सम्पर्क खोज्यो । नम्बर लिएर लोकेशन ट्रयाक गर्न थाल्यो । लोकेशन चितवन देखियो । त्यसपछि काठमाडौँ प्रहरीले चितवन प्रहरीको सहयोग लियो । चितवन प्रहरी कल्पनालाई खोज्न माधवपुर पुग्यो ।

त्यतिन्जेल कृष्णबहादुरको हत्यारा कल्पना नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । ‘होइन कि’ भन्ने शंका पनि थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवाली भन्छन्– ‘एक्लै कसरी सम्भव भयो ? भन्ने प्रश्न मनमा खेलिरहेको थियो ।’

चितवन प्रहरीका एसपी नान्तिराज गुरुङ माधवपुर पुगे । प्रहरीले त्यहाँ एउटा घर घेरेर राखेको थियो । सो घरका एक सदस्यले देखाए– ‘कल्पनाको घर यहाँबाट पाँच मिनेटको दुरीमा छ ।’

अनि, प्रहरी आरोपीको घरमा पुग्यो । प्रहरीलाई देखेपछि कल्पना आत्तिईन् । कल्पनाको आमा, छोरीलाई प्रहरीले पक्रियो । तर, उनले अपराध स्वीकार गरिनन् । पछि, प्रमाण पेश गरेपछि कल्पनाले भनिन्– ‘हो, मैले एक्लै हत्या गरेँ, यसमा कसैको सहयोग छैन् ।

साभार – रातोपाटी






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution