इजरायलमा २६ विश्व आदिवासी दिवस अनलाइन मार्फत सफलतापुर्वक सम्पन्न

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले २६ औ विश्व आदिबासी दिवस ‘विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा, भाषा लीपि, कला, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं”भन्ने मूल नारा सहित आउने अगष्ट ९ तारिख २०२० (आइतबार) स्थानीय समय अनुसार ५:३० बजे साँझ जुम अनलाइन भर्चुअल मार्फत सम्पन्न गरेको छ ।
नेफिन इजरायलको अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको अध्यक्षमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत डा.अन्जान शाक्य,नेपालबाट महासंघका केन्द्रिय कार्यवाहक महासचिव सुकवीर थामी, नेपालका आदिवासीहरुको मानवाधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्त्ता शंकर लिम्बु,आदिवासीहरु सम्बन्धि स्वतन्त्र अनुसन्धानकर्ता तथा लेखिका कैलाश राइ, विभिन्न देशबाट नेफिनका अध्यक्षहरु लगायतले जुम अनलाइन कार्यक्रम मार्फत २६ औ विश्व आदिवासी दिवसको शुभकामना सहितको मन्तव्य राखेका थिए ।
चीनबाट फैलिएको कोरोना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको यस विसंम परिस्थितीमा सामुहिक भेला भै सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्थामा र इजरायल सरकारको सामाजिक दुरीको नियमलाई अनुशरण गर्दै नेपाल आदिवासी जनजाति महासंघ इजरायलले अनलाईन कार्यक्रम मार्फत यो बर्ष कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमबारे सम्पूर्ण जानकारीको लागि भिडियो हेर्नुहोला ।
२६ औ विश्व आदिबासी दिवस
आयोजक – नेपाल आदिवासी जनजाति महासंघ इजरायल
अगष्ट ९ तारिख २०२० (आइतबार)