हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन

याम्बु – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा मंगलवार विहान १० बजेसम्म साढे ३ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार उक्त अवधिसम्म ३ लाख १ हजार ४०० जनाले १ करोड १० लाख ७० हजार ५६० कित्ता आईपीओका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी हुन आउँछ ।

उक्त कम्नपीले साउन १६ गते शुक्रवारदेखि सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द हुने निश्चित छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्न सकिन्छ । सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिने व्यवस्थाका कारण दुई दिन सार्वजनिक विदा परेपनि कुनै असर देखिएको छैन ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल उक्त कम्पनीको संस्थापकतर्फबाट चुक्तापूँजी रू. ३३ करोड ९८ लाख ४ हजार रहेको छ । आईपीओ विक्री पश्चात यो पूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution