पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने

तेलअविव – जनता समाजवादी पार्टीको प्रवास संगठन नेपाली समाज इजरायलले “सिधाकुरा डा. बाबुराम भट्टराई संग” नामक एक राजनैतिक अन्तरकृया कार्यक्रमकको आयोजना आगामी अगष्ट १६ तारिख आइतबारका दिन गर्ने भएको छ ।
जुमअनलाइन मार्फत हुने उक्त भर्चुअल संवादमा डाक्टर भट्टराईसंग सहभागीहरुले राजनीतिकाबारेमा मनलागेका आफ्ना भावनाहरु एवं जिज्ञासाहरु सोध्न सक्ने नेसो इजरायलले जनाएको छ ।
नेसोले जानकारी दिएअनुसार राजनीति देशको मुलनिती हो, यो सफा र सुसंकृत हुन जरुरी छ जसको लागि बिकृत राजनीतिलाई सुधार्ने सच्चिने सुझाव दिनको लागि पनि उक्त संवादमा जोडिन सबैलाई आग्रह गरेको छ ।
सम्बादको लागि उक्त दिन इजरायली समय दिउसोको १ बजे र नेपाली समय बेलुकीको ४ बजे तय गरिएको नेसोले बताएको छ ।