इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले २६ औ विश्व आदिबासी दिवस ‘विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा, भाषा लीपि, कला, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं”भन्ने मूल नारा सहित आउने अगष्ट ९ तारिख २०२० (आइतबार) स्थानीय समय अनुसार ५:३० बजे साँझ जुम अनलाइन भर्चुअल मार्फत सम्बोधन गर्दै मनाउने भएको छ ।
चीनबाट फैलिएको कोरोना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको यस विसंम परिस्थितीमा सामुहिक भेला भै सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्थामा र इजरायल सरकारको सामाजिक दुरीको नियमलाई अनुशरण गर्दै नेपाल आदिवासी जनजाति महासंघ इजरायलले अनलाईन मार्फत कार्यक्रम गर्ने तयारी गरिरहेको संस्थाका महासचिव सुर्य राना मगरले जानकारी दिनु भएको छ।
जुम भर्चुअल कार्यक्रममा प्रमुख अतिथिको रुपमा इजरायलका लागि नेपाली राजदुतावासका महामहिम राजदुत डा.अन्जान शाक्य र हुने र नेपालबाट महासंघका केन्द्रिय कार्यवाहक महासचिव सुकवीर थामी, नेपालका आदिवासीहरुको मानवाधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्त्ता शंकर लिम्बु,आदिवासीहरु सम्बन्धि स्वतन्त्र अनुसन्धानकर्ता तथा लेखिका कैलाश राइ लगायत केहि स्थानीय वक्त्ताहरुको सम्बोधन रहने बताएको छ ।
जुम भर्चुअल कार्यक्रममा सहभागी भईदिनु हुन इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सहभागी हुन नेपाल आदिबासी महासंघ इजरायलद्वारा हार्दिक अनुरोध गरेको छ ।