हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता

तेलअविव – नेपाली कामदारहरुको लागि इजरायलको नर्सिङ क्षेत्रमा रोजगार खुल्ला भएको छ । नेपाली दुतावास इजरायलको पहलमा इजरायली पक्षलाई रोजगार खुलाउन सकारात्मक बनाउन सफल भएको छ । नेपाल र इजरायल बीच सरकारी स्तरमा एक सम्झौता गरी नेपालबाट इजरायलको नर्सिङ क्षेत्र अस्पताल,नर्सिङ होम र डेकेयर सर्भिसमा केयरगिभर ल्याउने बाटो खुल्ला गरेको नेपाली दुतावास इजरायलले जानकारी दिएको छ । सम्झौता अनुसार पहिलो वर्ष करिव ५०० को संख्यामा नर्सिङ क्षेत्रका नेपालीहरु इजरायल आउन पाउने भएका छन् ।

नेपाली दुतावासको अनुसार इजरायली र नेपाली पक्षबीच उच्च स्तरीय तहमा जुम मिटिङ मार्फत सम्झौता गरेको हो ।  इजरायली परराष्ट्र मन्त्रालयद्वारा संयोजन गरिएको मिटिङमा इजरायली टोलीको नेतृत्व इजरायलको परराष्ट्र मन्त्रालयको Consular Affairs Division प्रमुख स्टेल रप्पाले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव श्री हरिश्चन्द्र घिमिरेले गर्नुभएको थियो।

इजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्य, नेपालका लागि ईजरायली राजदूत बेनी वोमेर ,नेपालका लागि इजरायली प्रस्तावित राजदूत हनान गोदर  सहितको छलफलमा इजरायलको Prime Minister’s Office, Ministry of Health, Ministry of Justice, Population and Immigration Authority (PIBA) लगायतका सम्बन्धित निकायका अधिकारीहरुका साथै नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायत परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो।

महामहिम राजदूत डा. अन्जान शाक्यले प्रारम्भिक चरणको छलफल भएपनि लामो प्रतिक्षा तथा अनवरत प्रयासपश्चात् नेपालबाट इजरायलमा केयरगिभर ल्याउने प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्नुभएको छ। कार्यक्रममा बोल्दै वहाँले दुबै मुलुक लाभान्वित हुने भएकोले यस प्रक्रियालाई छिट्टै निश्कर्षमा पुर्‍याएर आगामी दिनमा होम बेस केयरगिभर ल्याउने प्रक्रिया समेतलाई पूर्णता दिन आफू सक्रियतापूर्वक लागिपर्ने बताउनु भएको छ ।

यसलाई सफल तुल्याउन सकिएमा आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउने देखिन्छ। त्यतिमात्रै नभएर यदि यसमा हामी सफल हुन सक्यौं भने होम बेस केयरगिभर क्षेत्रमा सम्झौता गर्न समेत मद्दत मिल्ने नेपाली दुतावासले जनाएको छ ।

इजरायलीहरु नेपाल तथा नेपालीलाई निक्कै मन पराउँछन्। नेपालीहरुको ईमान्दारिता, अनि कामप्रतिको लगनशीलताबाट इजरायलीहरु प्रभावित छन्। मिहिनेती, सीधासादा स्वभाव तथा मृदुभाषी भएकाले इजरायलमा नेपालीहरुको माग जति छ कमाई तथा रोजगारीजन्य सुरक्षाका दृष्टिले इजरायल पनि नेपालीको उत्तिकै रोजाइ एवं आकर्षक गन्तव्य मुलुकमा रुपमा रहेको छ।

विगतमा नेपाली पक्षले गरेको गल्तीका कारण नेपालको शाख केही गिर्न पुगेको थियो जसका कारण निरन्तर पहलका वाबजुत इजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट इजरायलमा केयरगिभर ल्याउने प्रक्रियालाई पुनः सुचारु गर्न धेरै गार्‍हो भएको थियो ।

इजरायलमा मासिक रुपमा अमेरिका डलर बार्ह सय देखि अठार सय सम्म कमाई हुन्छ  ।






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution