जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तेलअविव – नेपाली जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र ३८औ विपि स्मृति दिवसको उपलक्ष्यमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जुम अनलाइन भर्चुअल प्रविधिमा गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका सभापाति खगेस्वर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय प्रबक्ता विश्व प्रकाश शर्मा रहनु भएको थियो अनि बिशेष अतिथिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय प्रमुख विभाग गोबिन्द भट्टराइ रहनुभएको थियो ।
विभिन्न देशका जनसम्पर्क समितिका सभापति तथा पुर्व सभापतिहरुले कार्यक्रममा शुभकामना तथा समसामयिक परिस्थितिका बिषयमा नेपाली कांग्रेसले खेल्नु पर्ने भुमिकाका बारेमा प्रकाश पारेका थिए ।
नेपाली जनसम्पर्क समिति भारतका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रतीत केन्द्रिय सदस्य बालकृष्ण पान्डे, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा आमन्त्रीत केन्द्रिय सदस्य आनन्द बिष्ट, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिंह कार्कि, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति कृष्ण गिरि, नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति सिता अर्याल, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पदम सुन्दर गुरुङ र नेपाली जनसम्पर्क समिति कतारका निवर्तमान सभापति बिमल सुबेदीले शुभकामनाका साथै मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य यस जनसम्पर्क समितिकि उपसभापति नितु कार्कीले राख्नु भएको थियो र शुभकामना मन्तव्य यस समितिका निवर्तमान कावा सभापति डम्बर गुरुग अनि सहमहामन्त्री द्वय इन्दिरा सुवेदी तथा प्रभा घिमिरेले राख्नुभएको थियो ।
वक्ताको रुपमा समसामयिक राजनैतिक धारणा राख्नेमा समितिकी प्रथम उपसभापति दिपिका भुषाल, दिपक क्षेत्री, रुकमाया खनाल, राजकुमारी श्रेष्ठ, उषा भुषाल र सुरेन्द्र प्रसाइ थिए ।
बिशेष अतिथि गोविन्द भट्टराइले चाइनासङ्गको सिमा विवादमा विपि कोइरालाज्युले कसरी परराष्ट्र नितिनियममा रहेर आफ्नो भुभागको जग्गा फिर्ता ल्याउन सकिन्छ भन्ने कुराको उदाहरण दिदै अहिलेको दुइ तिहाइ सरकारले त्यो परराष्ट नीति सिक्नु पर्ने कुराको खबरदारी गर्नुभयो ।
प्रमुख बक्ता विश्व प्रकाश शर्माले भने विपिले आफु प्रम हुदा इजरायललाइ स्वतन्त्र देशका लागि मतदान गरेको कुरा कोट्टाउदै यस समितिको पहिलो वार्षिकोत्सवमा पाहुना बनी आउदा कृषि फार्महरुमा घुमेको स्मरण गर्दै अत्याधुनिक कृषि प्रणाली भित्राउने सन्दर्भ र यसले कयौलाइ रोजगारी दिन सक्ने, यहा सिकेका सिपमुलक कार्यहरुलाइ नेपाल आएर सहि सदुपयोग गर्न समितिका साथीहरुलाइ माझ अनुरोध गर्नुभयो । अहिले नेपालमा भैराखेको सरकारको राजनैतिक खिचातानीले कोभिड १९ को बारेमा जांचचेक, क्वारेन्टाइनमा व्यवस्थापन सहि गर्न नसकेको कुरा उहाले बताउनु भयो ।
नेपाली काङ्रेसको आउदै गरेको महाधिवेशनमा को कुन व्यक्ति कुन पदमा उठने भन्दा पनि कसरी कांग्रेसले एकजुट भएर देशलाइ समृद्धि तर्फ लजान सकिन्छ त्यस तर्फ सोच्न आग्रह गर्नुभयो ।
अहिले भैरहेका व्यथितिहरुलाइ जनता माझ प्रष्टरुपमा राख्दै अब आउदो निर्वाचनमा तीनै तहमा काग्रेसले आफ्नो सरकार बनाउन सक्छ भन्नेतिर सिङो काग्रेस लाग्नु पर्ने कुरामा जोड दिनु भयो र सबै जनसम्पर्क समितिलाइ आआफ्नो ठाउबाट पार्टी अनि देशलाइ आर्थिक, नैतिक अनि भौतिक रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सकेको सहयोग गर्न पनि आह्वान गर्नु भयो ।
उक्त कार्यक्रम महामन्त्री द्धय राज छत्कुली र अनु थापाले संचालन गरेका थिए ।