इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ

तेलअविव – सामाजिक सेवामा समर्पित सलोम नेपाल मुभमेन्ट सोसाइटीको प्रथम वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका पदाधिकारी,सदस्य संस्थापक सदस्य सहित विभिन्न देशमा रहेकाआजिवन सदस्यको उपस्थितिमा जुम अनलाइन मार्फत सम्पन्न गरेको छ ।
संस्थापक अध्यक्ष तिर्थ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष गीता सुबेदीले राखेका थिए । संस्थाका सचिव ज्योति शर्माले संस्था स्थापना र स्थापन पछिको एक बर्षमा संस्थाले गरेका कार्यक्रम र आगामी बर्षमा गरिने कार्यक्रम, संस्थाको अवस्थाबारे वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए | संस्थाको सम्पूर्ण आयव्यय संस्थाकी कोषाध्यक्ष अनिता तामाङले प्रस्तुत गरेकी थिईन |
एकबर्षको अवधिमा ब्यस्थ समयका बाबजुत संस्थालाई उचाइमा पुराउन उल्लेख्य कार्यसम्पादन गरेकोमा सचिब ज्योति शर्मा,कोषाध्यक्ष अनिता तामाङ,सदस्य कमला राईलाई सोसाइटीको अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको मुल्यांकन गरि प्रसंसा प्रमाण पत्र प्रदान गरेका थिए ।
१६ अप्रिल २०१९ मा स्थापना भएको संस्थाले एकबर्षको छोटो अवधिमा धेरै उल्लेखनीय सामाजिक कार्यहरु गरेका छन् | यस संस्थाले भ्यालेन्टाइन डे (प्रणय दिवस) २०२० को अवसरमा नेपालबाट इन्द्रेनि टिमलाई आमन्त्रण गरी तेलअविव इजरायलमा सांस्कृतिक कार्यक्रम भव्य रुपमा गरेका थिए ।
प्रथम वार्षिकोत्सवको अवसरमा संस्थाले नेपाल सरकारको (covid_19) राहत कोषमा एक लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।
आगामी दिनहरूमा अरु धेरै साथीहरूलाई संस्थामा आजिवन सदस्यको रुपमा प्रवेश गराई सस्थाको उन्नति प्रगतिको लागि सदा लाग्नुहुनेछ भन्ने बिश्वासकाका साथ संस्थामा आवद्ध भएका सबैलाई अध्यक्ष तिर्थ गौतमले धन्यवाद गरेका थिए ।
कार्यक्रममा संस्थाका आजिव तथा संस्थापक सदस्यहरु तिर्थ गौतम,गिता सुवेदी,धर्म भण्डारी (नेपालबाट),लक्ष्मी भट्टराई,ज्योति शर्मा
अनिता तमाङ,मिना चुडाल, कमला राई (नेपालबाट),कृष्ण रायमाझी,सम्झना दुबे,अमृता अधिकारी (नेपालबाट)बिसा गुरुङ (नेपालबाट)
नवराज ओलि,बिष्णु सिम्खडा,लक्ष्मी घिमिरे,कृश केसी,मनोज लामा (इराकबाट)आशा बस्नेत,हरिश खरेल,मेनुका थापा (नेपालबाट),कल्पु पन्त
बिन्दु घिमिरे,माधब सुबेदी ( नेपालबाट ),नरेन्द्र लामिछाने,पार्बती केसी,समीर प्रधान,सरण लामा,DXN अलि मोहम्द,सीता कोइराला,हेमा सुवेदी ( नेपालबाट),बालकृष्ण सुवेदी,रमिता थापा (साइप्रसबाट),अमृता अधिकारी,इन्दिरा तुलाधर,इन्दिरा के सी,पासाङ तामाङ,अजनबी लिम्बु,कविता श्रेष्ठ र दुर्गा पौडेलको उपस्थिति रहेको थियोे।
कार्यक्रम आकर्षक सैलीमा महासचिब लक्ष्मी भट्टराईले संचालन गरेकी थिईन् ।