भोजपुर समाज इजरायलको अध्यक्षमा अनु थापा

तेलअविव – भोजपुर समाज इजरायलले नयाँ कार्यसमिती गठन गरेको छ। जुलाई 13 तारीखमा भर्चुअल अनलाईन कार्यक्रमबाट सम्पन्न अधिबेशनले अनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
अधिबेशनबाट अनु थापाको अध्यक्षतामा सर्बसहमत रुपमा १५ सदस्यीय नयाँ कार्यदलिय समिती चयन भएको छ। नयाँ गठित कार्यसमितिले भोजपुर जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्र ,दैबिप्रकोप दिनदुखी हरुलाई सहयोग गर्ने मुख्य उदेश्य राख्दै आएकोले आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाएको छ ।
निबर्तमान अध्यक्ष बिष्णु तामाङको प्रमुख आतिथिमा अनलाइन बैठकबाट नयाँ कार्यसमितिको अध्यक्षमा अनु थापा ,उपाध्यक्षमा सुमिन पाख्रीन , मिना राई,सरस्वती राई,महासचिव झकिन्द्र खतिवडा,सचिब मचिन्द्र तामाङ,कोषाध्यक्ष सुनिता गुरुङ,सह-कोषाध्यक्षमा बिमल घले,सदस्यहरुमा दिपा राई, रोजि गोले र सीता बिष्ट चयन भएका छन् ।
सन् 2017 मा इजरायलमा स्थापना भएको समाजले भोजपुर जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्र ,दैबिप्रकोप दिनदुखी हरुलाई सहयोग गर्ने मुख्य उदेश्य राख्दै आएको छ। यसअघि समाजको संस्थापक सह कोषाध्यक्ष , एंब सचिबको रुपमा काम गरिसकेका नबनिर्वाचि अध्यक्ष अनु थापाले आफुलाई सर्ब सहमत रुपमा अध्यक्ष बनाई सामजिक कार्य गर्ने मौका दिने सम्पूर्णमा धन्यबाद ब्यक्त गरेकि छन्।
आफ्नो कार्यकालको लागि भाबि योजना बारे थापाले भन्नुभयो “समाजको बिधान नै भोजपुर जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने भएकोले मेरो प्रथामिकता पनि त्यही नै रहन्छ, साथमा भोजपुर घर भई इजरायलमा बसोबास गर्ने र सम्पूर्ण भोजपुरे नेपालीहरुलाई आपत बिपतको घडीमा हामीले सहयोग गर्ने छौ। संस्थाको उदेश्य भनेको दिनदुखी हरुलाई सहयोग गर्ने र भोजपुर जिल्लाको बिकाशमा टेवा पुराउने नै हो भन्ने उहाँको भाबि कार्ययोजना रहेको बताउनु भयो।