हेडलाईन

तामाङ मौलिक गीत फापारे व्हाइ गायन प्रतियोगिता ताबान,आज चौथो दिन         तामाङ घेदुङ इजरायलको अध्यक्षमा सिता कुमारी घिसिङ तामाङ सर्वसम्मत चयन         आज किराँत धर्मगुरु फाल्गुनन्दको १३६ औं जन्म जयन्ति         तामाङ घेदुङका पूर्वसल्लाहकार तथा पूर्वसांसद् वीरबहादुर लामा तामाङको निधन         अमेरिकी चुनाव २०२० मा जो बाइडेन विजयी,को हुन् जो बाइडन ?         तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन         नेसो इजरायलद्वारा ७ जना संयोजकहरु चयन         तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने        

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल अध्यक्षमा चिनु सुवेदी निर्वाचित

तेलअविव – मनोरञ्जन परोपकार र लगानी क्षेत्रको पहिचान नमस्ते नेपाल हाते मालो सामाजिक संस्थाको अभियान भन्ने नाराका साथ स्थापना भई दुखिपीडितहरुको सेवामा समर्पित नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल शाखाको छैठौं अधिबेसन भर्चुअल जुम अनलाइन मार्फत सम्पन्न गरेको छ ।

नवनिर्वाचित अध्यक्ष चिनु सुवेदी

 

संस्थाको जेष्ठ आजीवन सदस्य वर्ष ६५ को लक्ष्मी बहादुर श्रेष्ठको प्रमुख आथित्यमा भएको थियो । संस्थाको उपाध्यक्ष कुमार पौडेलले स्वागत मन्तव्य राखेका राखेका थिए भने संस्थापक केन्द्रिय सल्लाहकार राजकुमारी श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो।

आजीवन सदस्य डम्बर गुरुंगले संस्थालाई पारदर्शिता बनाउदै अगाडी बढाउनपर्ने कुरामा प्रकास पर्नुभएको थियो | त्यस्तै बिशेष अथितिहरु आदिवासी जनजाती महासंघका वरिष्ठ उपाध्यक्ष छेम्बा शेर्पा र सलोम नेपाल मुभमेन्ट सोसाइटीकी महासचिव लक्ष्मी भट्टाराई,केन्द्रिय सल्लाहकार अमर खड्का र केन्द्रिय अध्यक्ष जीवन वन्त,सिर्जनशिल प्रवासी महिला समुहकी अध्यक्ष कल्पना दाहाल
लगायतले शुभकामना दिनुभएको थियो |

कार्यक्रममा सस्थाकी कोषाध्यक्ष अमिरा थापाले २०१९/०२० को आर्थिक प्रतिबेदन पढेर सुनाउनुभएको थियो भने अध्यक्ष भिमा थापाले
संस्थाको गतिविधिलाई प्रकाश पार्दै २०१९/२० को कार्यसमिति भंग भएको घोषणा गरेकी थिईन्

निर्वाचन समितिका संयोजक नयन सापकोटाले चिनु सुबेदीको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थिए । जसअनुसार अध्यक्ष चिनु सुवेदी,उपाध्यक्षद्वय शम्भु खनाल,कुमार पौडेल,सचिब कोपिला ढकाल,कोषाध्यक्ष अमिरा थापा रहेका छन् ।

यसैगरी सदस्यहरु इन्दिरा के सी,राज कुमारी श्रेष्ठ,रेखा पन्त,बिष्णु  सिम्खडा,आरती कार्कि,कुशुम रिचा,अर्चना भण्डारी र परिधी श्रेष्ठ राणा रहेका  छन् । संस्थाको संरक्षकमा भीमा थापालाई मनोनयन गरेका छन् ।

कोभिड -१९ को कारण धेरै जमघट हुन नसक्ने भएकोले कार्यक्रम संस्थाकै तेल अभिवस्थित अपार्टमेन्टमा केहि सिमित अतिथि र अनलाइन
जुम मिटिंगमा कार्यक्रम सम्पन्न गरेका थिए ।

 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution