हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

नेपाल मगर संघ इजरायलकोअध्यक्षमा मन मास्की राना मगर निर्वाचित

तेलअविव – मगर जातिको भाषा,भेषभुषा,धर्म,कला,संस्कृति र लिपिको संरक्षण सम्बर्द्धनको लागि प्रबास भुमि इजरायलमा स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको चौथो अधिबेसन तथा सातौ बार्सिकोत्सब तेलअबिबमा सम्पन्न भएको छ |

कोरोना भाईरसको कारण प्रबिधिको सदुपयोग गर्दै (zoom apps )मार्फत भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगर,बिशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,मगर संघ केन्द्रियका पदाधिकारीहरु लगायत इजरायलस्थित राजनीतिक, सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीरहेको थियो ।

सचिव बिबस आले मगरद्वारा संचालित कार्यक्रममा निबर्तमान महासचिव धनु काउचा मगरले बार्षिक प्रतिवेदन र निबर्तमान कार्यसमितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चित्र  मगरले  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। पुरानो समितिबाट थप हुँदै आएको संस्थाको कोष बृहत रुपमा बृद्वी गरि ८० हजार सेकेल पुराएको र उक्त कोषबाट मगर मातृभाषा शिक्षाको लागि ६० (हजार सेकेल नेपाली रुपैंया २० लाख) आसपासको संस्थाले शैक्षिक कोष स्थापना गरेको घोषणा गरेका थिए।

शुभकामना मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि मगर संघ केन्द्रिय अध्यक्ष नबिन रोका मगरले संस्थाको क्रियासिलता, उन्नति र प्रगतिको लागि बधाई ज्ञापन गर्दै दलगत राजनीति बिना आदिबासी जनजाति लगायतका उत्पीडित जाति समुदायले अधिकार प्राप्त गर्ने अर्को बाटो नरहेकाेले जुनसुकै पार्टीमा रहे पनि आफ्नो मुद्वामा केन्द्रित हुनुपर्ने सुझाव राखेका थिए। त्यसरी नै महासंघ इजरायलका पुर्वअध्यक्षहरु, राजनीतिक, सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले  शुभकामना राखेका थिए ।

निर्वाचन समिति संयोजक तारा बहादुर काउचा मगरले  मन मास्की राना मगरको अध्यक्षतामा नयाँ कार्यसमितिमा निर्वाचितहरुको नामावली घोषणा गरेका थिए । जसअनुसार अधयक्ष मन मास्की राना मगर,उपाध्यक्षहरु जय पुन मगर,सुर्य राना मगर,जमुना थापा मगर,महासचिवबिबस आले मगर,सचिव माया आले मगर,कोषाध्यक्ष मन कुमारी पुर्जा मगर, सह-कोषाध्यक्ष,श्याम पुन मगर सदस्यहरु रोजिना थापा मगर ,कुसुम पुर्जा मगर र शुशिला थापा मगर रहेका छन् ।

यसैगरी संरक्षकमा तारा बहादुर काउचा मगर,सल्लाहाकारहरुमा तारा गर्बुजा मगर,माया घले मगर,भक्त पुन मगर,बिष्णु पुन मगर र
लिला थापा मगर मनोनयन भएका छन् ।

निर्वाचित सम्पूर्ण प्रत्यक्ष उपस्थित र जुमबाट सहभागि पदाधिकारीहरूलाई प्रमुख अतिथि नबिन रोका मगरले मगर भाषामा सपथ ग्रहण गराएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution