अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा अनिल सिंह राजपुत निर्वाचित

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ ।
निवर्तमान अध्यक्ष कादम्बरी (दाना) श्रेष्ठ सभापतिमा भएको कार्यक्रममा विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,अतिथिहरुमा इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर कुमार चौहान, सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङ , नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्ब अध्यक्ष नरेश कुमार नेवा,नेवा खल इजरायलकी पुर्ब अध्यक्ष रेखा श्रेष्ठ ,साहित्यकार बाबु काजी बसु , गीतकार नुतन भुसाल लगायतको उपस्थिति रहेको थियो ।
मंचकी कोषाध्यक्ष सावित्री सुनुवारले मंचको २०१९/२० कोषको वार्षिक प्रतिवेदन पेश साथै कलाकार मैत्री अक्षयकोष “अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल” शाखा को २०१९/२० को आर्थिक विवरण “कलाकार मैत्री अक्षयकोष” की संयोजक निवर्तमान अध्यक्ष कादम्बरी दाना श्रेष्ठले पेश गर्नु भएको थियो |
बिशेष अतिथि पेम्बा डोल्मा ह्योल्मो,अतिथि नरेश कुमार नेवाका साथै कलाकार मंचकै संरक्षक कृष्ण रायमाझीले शुभकामना मन्तव्य राखेका थिए ।
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा)की निबर्तमान अध्यक्ष कादम्बरी दाना श्रेष्ठले विभिन्न कार्यक्रमहरुमा आर्थिक, नैतिक, भौतिक रूपमा साथ, सहयोग र सह-कार्य गर्दै मंच र कलाकार प्रती देखाउनु भएको चिन्तन र उत्तरदायीताको उच्च कदर गर्दै तीन वटा संस्थाहरु नेपाल आदिवासी जनजाती महासंघ इजरायल, सत्यसाई सेन्टर इजरायल र इजरायल गोर्खा एसोसिएसन लगायत संस्थाका विभिन्न सल्लाहकार संरक्षक कलाकारलाई प्रमाण पत्र साथै मायाको चिनो प्रदान गरेकी थिइन् ।
साधारणसभाबाट अध्यक्षमा अनिल सिंह राजपुत,वरिष्ठ उपाध्यक्ष राज लिम्बू, युनिका गुरुङ,महासचिव : सुदिप आङ्बुहाङ लिम्बू,सचिव स्वस्तिका श्रेष्ठ,कोषाध्यक्ष सावित्री सुनुवार,सह-कोषाध्यक्ष प्रीनिसा कन्दङ्वा,सांस्कृतिक विभाग प्रमुख स्वोयम सुब्बा र साहित्य विभाग प्रमुखमा पुन्य प्रसाद शंकरलाई निर्वाचित गरेको छ ।
यसैगरी कार्यकारी सदस्यहरुमा कोपिला भट्टराई,कुसुम पुर्जा मगर,अमृता गुरुङ,मालाती बाग्दास,प्रयाग थिङ,जानू छेत्री,सीता छेत्री,खुसी निकु,जिना सिंह,स्वाथी थापा र समीर राई निर्वाचित भएका छन् ।
यसैगरी संरक्षकमा कृष्ण रायमाझी , प्रमुख सल्लाहकार कादम्बरी दाना श्रेष्ठ र सल्लाहकारमा देब बास्कोटा र सारा लामा तामाङलाई मनोनयन गरेको छ ।