अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको आठौं वार्षिकोत्सब तथा साधारणसभा गर्दै

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा जुलाई १७ तारिख शुक्रबार सांझ तेलअविव स्थित हर्चीयोन ३५ मा रहेको श्रीसत्य साई सेन्टरको हलमा गर्ने भएको छ ।
कार्यक्रममा COVID 19 को कारणले गर्दा मात्र प्रमुख / विशेष अतिथिको उपस्थिति रहने जानकारी मंचले दिएको छ ।
कुनै पनि प्रतिभा (नृत्य,गायन,साहित्य,नाट्य,हास्य) कलामा रुचि राख्नु हुने अथवा सिक्न र सिकाउन चाहनु हुने सबै बिधाका कलाकारहरुलाई उक्त दिन कार्यक्रममा उपस्थित भइ दिनु हुन अनुरोध गरिएको छ।
साधारणसभाबाट नयाँ समिती गठन हुने भएकोले अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सदस्य बन्न चाहनु हुने कलाकारहरुमा सदस्य बन्नको सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।
कादम्बरी दाना श्रेष्ठ : 0549405431
अनिल सिंह राजपुत : 0587216777