अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले ‘स्वागत सत्कार’ बोलको गीत सार्बजनिक गरेको छ ।अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी अध्यक्ष तथा गीतकार कादम्बरी दाना श्रेष्ठको शब्द रचनामा रहेको गीतमा कलाकार मंच इजरायलको उपाध्यक्ष गायक राज लिम्बू र चर्चित गायिका मिलन नेवारको स्वर रहेको छ ।
शंखर थापा स्माइलको संगीतमा रहेको उक्त गीतमा संयोजन चर्चित एरेन्जर विश्व अधिकारीको रहेको छ ।
अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाका कलाकारहरु स्वास्तिका श्रेष्ठ, स्वयम् सुब्बा, कृष्ण रायमाझी, कादम्बरी दाना श्रेष्ठ, पृनिन्सा कन्दवा, साबित्रा सुनवार, कुसुम पुर्जा मगर, अमृता गुरुङ्ग, मालती बागदाश, गणेश परिवार लगायतले अभिनय रहेको उक्त गीतमा कोरियोग्राफ संस्थाकै सास्कृतिक बिभाग प्रमुख स्वास्तिका श्रेष्ठ तथा उप प्रमुख स्वयम् सुब्बा रहेका छन् ।
इजरायलस्थित नातानिया लगायतका ठाउमा सुटिङ सम्पन्न उक्त गीतको भिडीयो निर्माण साथै छायाङकन सन्तोस माबोले गरेका छन् ।
अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले विभिन्न कार्यक्रम गर्दा अन्य गीतहरुमा स्वागत गीत प्रस्तुत गर्नु परेकोले केन्द्रिय अध्यक्ष तथा लोक गायक राम प्रसाद खनालको सल्लाह लिदै इजरायल शाखाले आफ्नै गीत निर्माण गरेको गीतकार तथा इजरायलकी अध्यक्ष कादम्बरि दाना श्रेष्ठले जानकारी दिएकी छिन् ।