नेपाली एकता मंच इजरायलको पाँचौ बैठक पार्टी केन्द्रिय सदस्यको साथमा सम्पन्न

तेलअविव – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलको पाँचौ बैठक अनलाइन भर्चुअल मार्फत नेकपाका केन्द्रिय सदस्यद्वय तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युबराज चौलागाईको प्रमुख अतिथि र सचिब श्रीप्रसाद शाहको बिशेष आथित्यमा प्रबासी नेपाली एकता मंच इजरायलका अध्यक्ष कमरेड तिर्थ गौतमको अध्यक्षता सम्पन्न भएको छ ।
बैठकमा केन्द्रिय सदस्यद्वयसंग परिचयात्मक कार्यक्रम सहित पार्टी एकता संगठन विस्तार सांगठनिक गतिबिधी भाबि संगठनका योजना तथा कार्यदिशा लगायत इजरायल लगायत प्रवासमा रहेका नेपालीलाई कोरोनाले पारेको प्रभाव संगै लाखौलाख श्रमिकलाई सकुसल स्वदेश फर्काउने बिषय लगायत समसामयिक राजनैतिक घटनाक्रम,कोभिड भाइरसले उब्जाएका समस्या र यसले पारेको नकारात्मक प्रभाबलाई समाधान लगायत बिबिध बिषयमा केन्द्रित रहेको मंचका अध्यक्ष तिर्थ गौतामले बताउनु भएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरु प्रति नेकपा प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल चिन्तित रहेको र सकेको सहयोग गर्न पहलकदमी संगठनले लिने बताएको छ ।
प्रवासी नेपाली एकता मंच इजरायलका सचिव अनिरुद्ध सुबेदीले संचालन गरेको बैठकमा कार्यसमितिका सदस्यहरुको सहभागी रहेको बताएको छ ।
सिफरिस,
इजरायलमा अंगुर खेति (भिडियो) हेर्नुहोस्