मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट

याम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलबार छड्के निरीक्षण गरेका हुन्।
निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख/सहसचिव रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो भनी जवाफ खोजेका थिए। उनले तामाङलाई कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिए।
मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरेका छन् @देशसंचार ।
*****
सिफारिस , इजरायलमा अङ्गगुर खेति पनि हेर्नुहोस (भिडियो)