हेडलाईन

तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने         घेदुङ साईप्रसको दोस्रो अधिबेशन तथा चौथो वार्शिक उत्सव मनाउने         घेदुङ इजरायलको छैठौं बार्षिकोत्सव तथा अधिवेशन हुदै         नेपाली ‘केयर गिभर’ पठाउन इजरायलसँग श्रम सम्झौता गरिने         नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित        

२६ जिल्लामा पुग्यो सलह किराको समुह

याम्बु – भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।

अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ । त्यहाँबाट सलहको झुण्ड चितवन प्रवेश गरेको केन्द्रले उल्लेख गरेको छ।

रुपन्देहीको सैनामैना क्षेत्रमा न्यून क्षति गरेको ५–७ लाखको संख्यामा रहेको सलहको समूह अधिकांश रुपमाले पाल्पा तथा कपिलवस्तु तर्फ गएको केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।

पाल्पामा चारदेखि पाँच लाखको हाराहारीमा पुगेको सलहको समूहले खेतीमा त्यति क्षति गरेका छैनन् र त्यो समूह स्याङ्जा तथा गुल्मी तर्फ गएको छ ।

८ देखि १० लाखको संख्यामा कपिलवस्तुमा भित्रिएको सलहको समूह पनि खासै क्षति नगरी अर्घाखाँची, दाङ, प्युठान, रोल्पासहितका क्षेत्रमा गएको केन्द्रले उल्लेख गरेको छ ।

यसैगरी चितवन पुगेको सलहको झुण्डमा झण्डै एक लाख तथा सिन्धुलीमा देखिएको झुण्डमा दुई–देखि तीन लाखकको संख्या रहेको जनाइएको छ । चितवनका केही स्थानमा धान बालीमा सलहले क्षति गरेको छ ।

गएको शनिबार भारतसँगको सीमा जोडिएका दक्षिनि क्षेत्रबाट नेपालमा सलहको समूह प्रवेश गरेको थियो ।

वायुको गतिमा आएको परिवर्तनका कारण पूर्वानुमान विपरित नेपालमा मनसुन सुरु भएपछि पनि सलहको समूह प्रवेश गरेको र यसबाट हुने क्षति कम गर्नका लागि प्रयास भइरहेको कृषि मन्त्रालयले दाबी गरेको छ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution