हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

यस्तो रहेछ:इजरायल साइप्रसबाट नेपालीलाई फर्काउने उडान रद्ध हुनुको कारण

तेलअविव: इजरायल र साइप्रसबाट नेपालीलाई जुन २९ र ३० तारिख गरि दुई उडान मार्फत विभिन्न कारणले नेपाल फर्कन नपाएकाहरुका लागि हवाई उडान तय भएकोमा रद्ध भएको नेपाली दुतावासले हिजो जानकारी दिएको  थियो । अत्यन्त जरुरी सूचना भनि जारी गरेको सूचनामा रद्ध हुनेको कारण उल्लेख नभएकोले सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आएका थिए ।

यसै सन्दर्भमा उडान रद्ध हुनुको कारणबारे नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरेले जानकारी दिनु भएको  छ । वहाँको भनाई अनुसार – हामी एक दुःखद निर्णय गर्न बाध्य भयौं । यसको बिरोध भइरहेको छ जुन एक हदसम्म स्वभाविक छ। यहाँका नेपालीहरुले हामीले भनेअनुसार तयारी गर्नुभयो तर तोकिएको दिनमा जान नपाउने सुनेर निराश हुनु सामान्य हो। यसको जिम्मेवारी हामीले लिनै पर्छ, जसबाट हामी पन्छिदैनौ। तर यस पछाडिको वास्तविकता तपाईंहरूलाई जानकारी गराउन आवश्यक ठान्दछु।

नेपालका एयरलाइन्सहरुले यूरोपमा उडान भर्न पाउँदैनन् भन्ने हामीलाई जानकारी थियो, सरकारले ईजरायल र साईप्रसका लागि हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सका १/१ उडान तय गरेपश्चात् हामीले यस बारेमा शुरुमै कुरा राखेका थियौं। त्यसैले हिमालयन एयरलाइन्स आफू उडान भर्न नसक्ने भनी पछि हट्यो र दुबै उडान नेपाल एयरलाइन्सले गर्ने भयो। नेपाल एयरलाइन्सलाई पनि यसबारे जानकारी गराएका थियौं तर यो सामान्य कुरा हो, अनुमति आइहाल्छ भनिसकेपछि हामीले पनि प्रक्रिया सुरु गर्यौं।

प्रक्रिया शुरु भए पश्चात् पनि अन्य केही देशमा जस्तै अन्तिम चरणमा पुगेपछी उडान रद्द नहोस् भनी हामीले उडानलाई २० र २५ जुन बाट सारेर ३० जुनका लागि तय गरी अनुमतिको प्रक्रिया अगाडि बढायौं। जुन ३० मा हुने भनिएका उडानहरु व्यावसायिक नभएका र उद्धारका लागि आउन लागेकाले मानवीय हिसाबले उडान अनुमति दिने विश्वास नेपाल एयरलाइन्सले लिएको देखियो । तर साईप्रसले ल्याण्डडिङ परमिट दिएन। दूतावासको सघन कुटनैतिक पहलका वावजुद साईप्रस सरकारले आफ्नो चाहना हुँदाहुँदै पनि युरोपेली संघको नियमका कारण अनुमति दिन नसकेको जानकारी गरायो।

अब उडान रद्द गर्नुको विकल्प थिएन र सोही अनुसार आज यस्तो निर्णय गरियो। दूतावासको तदारुकताले गर्दा एक हप्ता अगाडि नै सूचना जारी गरी कोरोना परीक्षणबापत अनावश्यक पैसा खर्च हुन दिइएन, नयाँ टिकट बुक गर्न पनि रोक लगाइएको छ।

निकै प्रयास गर्दा पनि दुतावासले मिति सार्नबाट भने रोक्न सकिएन। तर नेपाली एअरलाइन्सहरु नआउने भएपछि अन्य केही विदेशी एयरलाइन्स सँग कुराकानी अगाडि बढिसकेको छ। छिटै नै (१/२ दिनमै)यसको बारेमा दूतावासले सूचना सार्वजनिक गर्नेछ र ईजरायल र साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउनेछ ।

युरोपमा उडानको अनुमति नदिने गरी कालोसूचीमा

नेपाली एयरलाइन्सहरुलाई युरोपमा उडानको अनुमतिमा प्रतिबन्ध गरेर कालोसूचीमा राखेको छ । इयुले नेपाली हवाइसेवा कम्पनीले सुरक्षा मापदण्डहरु पुरा नगेको आरोपमा इयुले कालोसूचीमा राखेको हो ।

एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिमि्रक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स इयुको कालोसूचीमा रहेको छ ।

नेपाल सरकारले इयुको कालोसुचिबाट हटाउन प्रयास र पहल गरेको बताएपनि खुलाउन सकेको छैन ।लामो समयदेखि इयुले नेपाली एयरलाइसन्सलाई कालोसूचीमा राख्दै आएको छ ।यसले नेपालको हवाइसेवा अझै नसुध्रिएको नेपाली आकाश अझै जोखिमूपर्ण रहेको सन्देश दिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा राम्रो कुटनीतिक पहल नहुँदा इयुले नेपाली हवाइ सेवाकालाई कालोसूचीमा कायमै राखेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution