हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)

याम्बु – सामाजिक सञ्जालमा एक प्रहरीले दाम्लोले चितवालाई बाँधेर हिँडाएको भाइराल भएको छ । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ।

नाम्लोमा बाँधेर चितुवालाई डोर्‍याउदै हिड्ने प्रहरी हुन अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन चोकका प्रहरी जवान अनिल कार्की हुन् । दृश्यमा खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ ।

सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा चितुवा देखेका थिए ।

स्थानीयले उक्त चितुवालाई सुरुमा लखेट्न खोजेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । कमजोर र बिरामीजस्तो देखिने चितुवाले प्रतिकार गरेन । त्यसपछि दाम्लोले बाँधियो । प्रहरी र स्थानीयले भेटिएको बगरबाट हिँडाएर मूल बाटोसम्म ल्याए । भाइरल भएका फोटो र भिडियो त्यही बेलाको हो ।

चितुवालाई दाम्लोमा बाँधेर डोर्‍याएका अस्थायी ट्राफिक पोष्ट मिलन चोकका ट्राफिक प्रहरी जवान अनिल कार्कीले कुनै आक्रमण नगर्ने निश्चित भएपछि मात्रै डोर्‍याएका थिए । मिलन चोक ल्याएपछि जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेको थियो । सहायक वन अधिकृतलाई पठाएर चितुवालाई केजमा हालेर कार्यालयमा ल्याइएको थियो ।

उद्धार गरिएको उक्त चितुवा लट्ठिएको अवस्थामा रहेको र त्यति सक्रिय पनि नरहेको उनको भनाइ छ । चितुवालाई वन कार्यालयभित्रै उपचार गराएर औषधि दिइएको छ ।

पर्वतमै उपचार सम्भव नभए राष्ट्रिय प्रकृति सरक्षण कोषसँग समन्वय गरेर चितवन पठाउन पनि सकिने श्रेष्ठले जानकारी दिए । चितुवा बुढो भएको र खाना नपाएर बिरामी भएको अनुमान गरिएको छ ।

पर्वतमा मानव वन्यजन्तु द्वन्द्वका घटनाहरु धेरै हुने गरेका छन् । विगतका वर्षमा वन्यजन्तुको आक्रमणका वार्षिक ७५/७६ वटा घटनाहरु हुने गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।

भिडियो






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution