इजरायल र साईप्रसमा रहेका नेपालीलाई स्वदेश फर्काउन तय भएको उडान रद्ध

तेलअविव – इजरायल र साईप्रसमा कोरोना महामारी लगायत विभिन्न कारणले नेपाल फर्कन नसकेका नेपालीहरुलाई नेपाली दुतावास इजरायलको पहलमा नेपाल फर्काउन जुन २९ र ३० तारिख तय गरिएकोमा दुवै हवाई उडान हालको लागि रद्ध भएको छ ।
नेपाली दुतावास इजरायलले अत्यन्तै जरुरी सूचना जारि गर्दै उडानको ७ दिन अघि अर्थात् २४ जुन २०२० देखि कोरोना परिक्षण (PCR & RDT) गर्न भनिएकोमा हालका लागि उक्त परीक्षणहरु नगर्न हार्दिक अनुरोध गरेको छ ।साथै यसबाट पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ भनिएको छ ।
इजरायल र साईप्रसमा रहेका नेपालीहरुको समस्याबारे दूतावास अत्यन्त सम्बेदनशील छ। यसकारण, तत्काल अन्य एयरलाइन्ससँग छलफल समेत शुरु भइसकेको छ, उडानको मिति र समयतालिका निश्चित भएपछि यथाशीघ्र प्रकाशन गर्ने समेत दुतावासले जानकारी दिएको छ ।
उडान रद्ध हुनको कारण भने दुतावासले बताएको छैन ।