हेडलाईन

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)         प्रवासबाट नेकपा पार्टी एकता बचाई राख्न गम्भीर ध्यानाकर्षण         नेपाली एकता मंच इजरायलको पाँचौ बैठक पार्टी केन्द्रिय सदस्यको साथमा सम्पन्न         मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट         २६ जिल्लामा पुग्यो सलह किराको समुह         असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी         एनआइसी एसिया लघुवित्तको आइपीओ खुल्यो         सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी सीमा हट्यो         यस्तो रहेछ:इजरायल साइप्रसबाट नेपालीलाई फर्काउने उडान रद्ध हुनुको कारण         नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)         इजरायल र साईप्रसमा रहेका नेपालीलाई स्वदेश फर्काउन तय भएको उडान रद्ध         सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण         गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत         सुत्केरीको खोजी: छोरी जन्मिए रु १० हजार         नेफिन इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो निर्बिरोध निर्वाचित (भिडियो)        

सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण

काठमाडौँ, असार ८ गते । सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उभिनुभएका समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिनुभएका सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताउनुभयो ।

सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उहाँले बताउनुभयो । सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि सांसद गिरीले संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

तर समाजवादी पार्टीका संसदीय दलले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नलिए दलले कारबाही गर्न बाध्य हुने पनि भनेको थियो तर सांसद गिरीले प्रस्ताव फिर्ता लिनुभएन । पार्टी तथा संसदीय दलले दिएका निर्देशनविपरीत सांसद गिरीले काम गरेको भन्दै उहाँलाई स्पष्टीकरण सोधिएको पार्टीले जनाएको छ ।

त्यसैगरी, पदाधिकारी बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेको सात वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गर्न गरेको निर्णयको विरोध गरेको छ । नागरिकता प्राप्ति हाल रहेको व्यवस्थालाई कायम राख्न पार्टीले आग्रह पनि गरेको छ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution