हेडलाईन

संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ         भोजपुर समाज इजरायलको अध्यक्षमा अनु थापा         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल अध्यक्षमा चिनु सुवेदी निर्वाचित        

नेफिन इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो निर्बिरोध निर्वाचित (भिडियो)

तेलअविव-नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आठौ बार्षिकोत्सव तथा साधारण सभा “विश्वका आदिवासी जनजाति एक हौ, आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ २०७७ आशाढ ५ गते शुक्रवार तनानुसार जुन १९ तारिख २०२० मा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष तारा काउचा मगरको सभापतित्वमा भएको कार्यक्रमका  प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय अध्यक्ष जगत बहादुर बराम , नेफिन इजरायलका बिशिस्ट अतिथि संस्थापक अध्यक्ष तेन्जिन शेर्पा, बिशेष अतिथिहरुमा केन्द्रीय उपाध्यक्ष एवं प्रबाश शाखा इन्चार्ज  गोबिन्द छन्त्याल र केन्द्रीय का.वा महासचिव सुकबिर थामी,नेफिन इजरायलका पुर्वअध्यक्ष एवं संरक्षक परिषद सदस्यहरु ,इजरायलमा स्थापित आदिवासी जनजाति राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु , इजरायलमा क्रियासिल राजनैनिक, सामाजिक, धार्मिक, कला तथा साहित्य संघ संस्था संगठन का सङ्गठन प्रमुख तथा प्रतिनिधि हरु साथै मिडियाकर्मीहरु लगायत कार्यक्रममा प्रत्यक्ष वा जुम मार्फत  फेसबुक लाइभ मार्फत सम्पन्न गरेको थिए ।

बार्षिकोत्सव तथा साधारण सभाबाट पेम्बा डोल्मा ह्योल्मोको अध्यक्षमा १६ सदस्यीय नयाँ  कार्यसमिति निर्बिरोध चयन गरेको छ ।जसअनुसार नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,वरिष्ठ उपाधक्ष छोङ्बा शेर्पा,उपाध्यक्षहरु देव खालिङ्ग राई,नानीमाया योञ्जन तामाङ,नुमा काङ्भा बखिम,स्वस्तिका श्रेष्ठ,खुशि घले,महासचिव सुर्य बहादुर रानामगर,प्रथम सचिब आङ्निमा तितुङ तामाङ,सचिबहरु सोनि तमुस्यो,कसिस वान्तवा राई,खेन्डो ओमु हयोल्मो,राजकुमारी श्रेष्ठ ,ल्हाक्पा डोमा शेर्पा,कोषाध्याक्ष आइन्द्र योङ्या लिम्बु,सहकोषाध्यक्ष जमुना थापा मगर रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा तारा काउछा मगर,मनु श्रेष्ठ,गिता तुम्बाहाम्फे,डम्बर गुरुङ ,बाल कुमार राई,अनिला मोक्ताङ,दोर्जे शेर्पा,समिर श्याङ्बा हयोल्मो रहेका छन् ।

संरक्षक परिषद सदस्यहरुमा तेन्जिङ शेर्पा,सुन्दर योञ्जन तामाङ,डोमा शेर्पा , निर्मला गुरुङ,नयन इम्सोङ लिम्बु र नरेश कुमार श्रेष्ठ रहेका छन् ।

निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि जगत बहादुर बराम लगायतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नेफिन इजरायलमा शेर्पा संघ इजरायल,नेपाल तामाङ घेदुङ इजरायल,अनिला मुक्तान तामाङ,कि.रा.यायोख्खा नेपाल इजरायल,तमु समाज इजरायल,किराँत याक्थुङ चुम्लुङ इजरायल,राष्ट्रिय नेवा: खल इजरायल,नेपाल मगर संघ शाखा इजरायलर ह्योल्मो समाज इजरायल आवद्ध रहेका छन् ।

भिडियो






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution