हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायल-साइप्रसबाट नेपाल फर्किन चाहनेको उडान तालिका परिवर्तन 

तेलअविव – इजरायल साइप्रसबाट नेपाल फर्किन चाहनेहरुको पहिलो उडान तालिका जुन  २९ तारिख तय भएकोमा प्राविधिक कारणले जुन ३० तारिख हुने भएको नेपाली दुतावास तेलअविबले जानकारी दिएको छ ।

नेपाली दुतावास इजरायलको अध्यावधिक सूचना अनुसार विभिन्न मुलुकहरुबाट फर्कनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायल र साईप्रसबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुको फिर्तीका लागि दूतावासले आवश्यक तयारी गरिरहेको र परिवर्तित सूचनाहरु सम्बन्धित सबैलाई जानकारी गराउँदै आएकोमा हालसम्म ईजरायल र साईप्रससम्म नेपालबाट सीधा उडान नभएको  र  पहिलो उडान हुने क्रममा आकाश प्रयोगको अनुमति लिने लगायतका प्राविधिक कारण जुन २९ मा हुने तय भएको साईप्रस-ईजरायल-साईप्रस-काठमाडौं उडानको समय केही घण्टा हेरफेर भई जुन ३० मा हुने भएको छ। तर जुन ३० का लागि तय भएको काठमाडौं-साईप्रस-काठमाडौं सीधा उडान यथावतै रहने छ ।

यसअघि प्रकाशित सूचीमा नाम भएका बाहेक पनि फर्कनैपर्ने अवस्थाका कोही छुट्नुभएको भए उडान हुनुभन्दा १ हप्ता अगाडि सम्म दूतावासमा त्यस बारेमा जानकारी आएको खण्डमा समेट्न प्रयास गरिने दुतावासले बताएको छ। दुबै उडानको लागि टिकट २५ जुनभित्र लिइसक्न सबैलाई सूचित गरिएको छ । केही जिज्ञासा भए दूतावासमा सम्पर्क  भनिएको छ ।

इजरायल -साइप्रसबाट नेपालमा पुगेर अड्किएको सम्बन्धमा 

इजरायलबाट नेपाल पुगेर अड्किनुभएका केही नेपालीहरुलाई ईजरायल फर्काउने सम्बन्धमा नेपाली दुतावास दूतावासले ईजरायली पक्षसँग समन्वय गरिरहेको बताएको छ। नेपालमा पुगेर अड्किएकाहरुले  काठमाडौंस्थित ईजरायली दूतावास र आफ्नो रोजगारदातासँग तुरुन्त सम्पर्क गर्न भनिएको छ ।

साइप्रसबाट नेपाल पुगेरअड्किनुभएका केही नेपालीहरुलाई साईप्रस फर्काउनका लागि दूतावासले निरन्तर पहल गर्दै आएको छ। यस सम्बन्धमा साईप्रसको परराष्ट्र मन्त्रालयका कन्सुलर प्रमुखका अनुसार अहिलेको महामारीसँगै विदेशीलाई साईप्रस प्रवेशमा कडाई गरिएको कारण हाललाई नेपालमा अड्किनुभएका नेपालीहरुलाई फर्काउन साईप्रस सरकारले अनुमति दिएको छैन। नेपाल पुगेरअड्किनुभएकाहरुको भिषा लगायतका भविष्यमा आउन सक्ने समस्याहरुलाई समाधान गर्न दूतावासले सहयोग गर्ने बताएको  छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution