हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलबाट प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापन पत्र

तेलअविव – नेपाली जनसमपर्क समिति इजरायलले नेपाली राजदुतावास इजरायल मार्फत नेपाल सरकार तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ज्ञापन पत्र बुझाएको छ।

जनसम्पर्क समिति इजरायलको सभापति खगेस्वर अधिकारीको नेतृत्वमा उपसभापति दिपिका भुषाल,महामन्त्रीद्धय राज छत्कुली ,सुर्य बहादुर राना,सल्लाहकार सुरेन्द्र प्रसाइ र लक्षुमण न्येउपाने उपस्थित रहेको थियो ।

जनसम्पर्क समिति इजरायलको सभापति खगेस्वर अधिकारीले ज्ञापन पत्र इजरायलको लागि नेपाली राजदुत डा.अन्जान शाक्यलाई हस्तान्तरण गरेको हो ।

ज्ञापन पत्रको पूर्ण अंश

मिति :१६/ ०६/ २०२०
सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यु
प्रधानमन्त्रीको कार्यालय, सिंह दरबार काठमान्डौ नेपाल
मार्फत
नेपाली राजदूवासको कार्यालय, तेलअभिव इज़रायल ।

बिषय : ज्ञापन पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु करिब ६ महिना अगाडि चाइनाको वुहान प्रान्तबाट शुरु भएको कोभिड-१९ अर्थात् कोरोना भाइरसले संसारका धेरै देशमा अत्याधिक प्रभाव पारेको छ र यस महामारीको चपेटाबाट नेपाल पनि अछुतो रहन सकेको छैन । जसको कारण आज आम नेपालीहरुले त्यसको नियती भोगिरहनु परेको तथ्य जगजाहेर नै छ । कोरोना भाइरसका कारण युरोप, अमेरिका लगायतका दर्जनौं देशमा जनजिवन प्रभावित भएदेखि नै नेपाली कांग्रेसले सदनमा यसको तयारीबारे विशेष आह्वान गरेको , साथै सर्वदलीय बैठकमा समेत नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवाले सरकार समक्ष जतिसक्दो चाँडो तयारी तीब्र गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई छिटो नेपाल फर्काउनुपर्ने, उपचार र परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेनटाइनको व्यवस्थापन का सम्बन्धमा सम्भव भए बिस्व स्वास्थ्य सङ्गठन ले निर्धारण गरेको मापदण्ड अनुरुप यदि सम्भव नभए न्युनतम पुर्बाधार सम्पन्न क्वारेन्टाइनको ब्यबस्था गर्नुपर्ने लगायतका कुरामा जोड दिदै आउनु भएको यहाँमा अवगत नै छ । यसै कामका लागी नेपाली कांग्रेसले कोरोना नियन्त्रणका लागि बनाइएको कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको कुरा स्मरण गराउन चाहन्छौं। अहिलेसम्म कोरोना रोकथामको लागि भनेर करिब १० अर्ब रुपैयाँ खर्च भैसकेको दाबी नेपाल सरकारले गरेको छ । तर पनि जनताको पीडा यति धेरै दर्दनाक छ कि आँफ्नै देशमा तेस्रो मुलुकको जस्तो नागरिक भएर बाँच्न बाध्य हुनु परेको छ। नेपाली कांग्रेसले कोरोनाको समय अबधिमा १० अर्ब खर्च भएको कुरा संसदमा उठाएको बिषयलाई प्रधानमन्त्री जस्तो गरिमामय कुर्ची बाँट संसदको रोस्टममा, बिषयलाई अन्तै मोडेर ठटेउली र तथ्यहीन कुरा गर्दै पीडित जनता माथी नुनचूक छर्किने काम भएको छ। यो जनादेशको घोर अपमान भएको यस समितिले महसुस गरेको छ।

करिव ८२ दिनसम्म लकडाउन हुँदा काम गरेर खाने निम्न बर्ग अत्यान्तै प्रभावित भएको हुँदा बैंकको किस्ता, ब्याज, घर खर्च र समान्य औषधि उपचार गर्न नसकेर र परिस्थिति संग जुध्न नसकेर करिब १,००० भन्दा धेरैले आत्महत्या गर्न बाध्य भएका ति बास्तबिक जनता जसरि गुज्रीएका छन उनिहरुको त्यो दयनिय नाजुक दैनिकिको मर्म र भावनामा स्मरण गराउँन चाहान्छौ । काठमाडौँ जस्तो राजधानीको मुख्य चोक र सडकमा भोक र तिर्खाले भौतारिदै पिठ्युंमा डोको र थाप्लोमा नाम्लो सहित मृत्यु बरण हुन बाध्य भएका ति बास्तविक जनताको चीत्कार यो सरकारले सुन्न र महसुस गर्न नसक्नु मानवीय संवेदना विपरीत छ ।

त्यत्ति मात्र नभएर आजको २१औ शताब्दीमा कम्युनिस्टको नारा बोकेर सत्तामा पुगेको सरकारले यही बन्दाबन्दीको समयमा रुकुम घटनामा कायरतपूर्ण हत्याको निर्लज्ज ढाकछोप गर्न आफ्ना नेता कर्याकर्तालाई उक्साएको छ भने , आफू मुकदर्शक भएर रमिता हेरिरहेको छ । जुन निन्दनीय र घोर आपत्तिजनक छ । कैलालीको क्वारेनटाइनमा स्वास्थ्यकर्मी द्घारा भएको बल्तकारको जघन्य अपराधीहरु लाइ कानुनी दायरामा लेराइ कारबाही गर्न र यस्ता तमाम घटनाका दोषी उपर कडा भन्दा कडा कारबाहीको माग यो समिति गर्दछ । साथै हरेक तथ्य लुकाएर, जनता रुवाइ आँफ्ना कर्याकर्ता मात्र पोस्ने र राष्ट्रवादको उग्र नारा मात्र जप्ने अहिलेको सरकारले जनताको हरेक समस्यालाई मजाकमा उडाएकोले सरकारमा जनादेश र आम जनतको सवालमा उच्च नैतिक धरातलमा रहेर कार्य सम्पादन गर्न हुन नेपाली जनसम्पर्क समिति इजरायल परिवार जोडदार माग गर्दछौ ।

जय नेपाल ।

बोधार्थ
नेपाली कांग्रेस केन्द्रिय कार्यलय बी पी स्मृति भवन
ललितपुर नेपाल ।

खगेस्वर अधिकारी
सभापति
नेपाली जनसम्पर्क समिति इजरायल ।

राज छत्कुली
महामन्त्री
नेपाली जनसम्पर्क समिति इजरायल ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution