हेडलाईन

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)         प्रवासबाट नेकपा पार्टी एकता बचाई राख्न गम्भीर ध्यानाकर्षण         नेपाली एकता मंच इजरायलको पाँचौ बैठक पार्टी केन्द्रिय सदस्यको साथमा सम्पन्न         मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट         २६ जिल्लामा पुग्यो सलह किराको समुह         असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी         एनआइसी एसिया लघुवित्तको आइपीओ खुल्यो         सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी सीमा हट्यो         यस्तो रहेछ:इजरायल साइप्रसबाट नेपालीलाई फर्काउने उडान रद्ध हुनुको कारण         नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)         इजरायल र साईप्रसमा रहेका नेपालीलाई स्वदेश फर्काउन तय भएको उडान रद्ध         सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण         गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत         सुत्केरीको खोजी: छोरी जन्मिए रु १० हजार         नेफिन इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो निर्बिरोध निर्वाचित (भिडियो)        

इजरायल र साईप्रसबाट जुन २९ र ३० तारिख नेपालीहरु स्वदेश फर्कने

तेलअविव – कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायल र साईप्रसबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई आगामी जुन २९ र ३० तारिख दुईपटक चरणमा नेपाल एअरलाइन्सले सयुक्त उडान मार्फत स्वदेश लाने कार्यतालिका निश्चित भएको नेपाली दुतावास इजरायलले जानकारी दिएको छ ।

दुतावासले दिएको जानकारी अनुसार नेपाल एअरलाइन्सको पहिलो उडान मार्फत् ईजरायलबाट ६७ जना र साईप्रसबाट १९३ जना गरी २६० जना नेपालीहरु फर्किने भएका छन् । उक्त उडान ईजरायलबाट साईप्रस  र  साईप्रसबाट नेपाल जानेछ । सम्भावत नेपालबाट इजरायल उडान इतिहासमै पहिलो उडान हुनेछ ।

नेपाल एअरलाइन्सको दोश्रो उडान जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुनेछ। नेपाल एअरलाइन्सकै यस उडानमार्फत् साईप्रसबाट २३९ को संख्यामा नेपालीहरु स्वदेश फर्किने छन् ।

साईप्रसका लागि छ सय चालिस युरो र ईजरायलका लागि आठ  सय साठी अमेरिकी डलर भाडादर तोकिएको छ। सूचीमा नाम प्रकाशित भएकाहरुले नेपालस्थित आफ्ना आफन्तमार्फत् हवाई टिकट काट्ने व्यवस्था मिलाउनु दुतावासले जानकारी दिएको छ । नेपाल एअरलाइन्सका  शिशिर ज्ञवाली, फोन नः ९८५११२३०५८ टंकनिधि दाहाल, फोन नः ९८५१२५३२९५सेल्सः ०१-४२४८६१७, ४२४८६२५, ४२४४०५५ वा Email: sales@nac.com.np सम्पर्क गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पी. सी. आर. वा आर. डि. टी. परीक्षण रिपोर्ट) साथमा राख्नुपर्नेछ । साईप्रसको परराष्ट्र मन्त्रालयबाट प्राप्त जानकारी अनुसार साईप्रस सरकारले मान्यता प्रदान गरेका स्वास्थ्य संस्थाहरुमा साठी  देखि ११० युरो तिरेर परीक्षण गर्न सकिनेछ ।

ईजरायलको हकमा आफ्नो बिमा कम्पनीमा सम्पर्क गरी वा तखान मार्क्जित तेलअविवको पाँचौ तलामा रहेको ‘Terem clinic’ मा गई परीक्षण गर्न सकिने सकिने छ ।यस बाहेक COVID-19 को टेस्ट गरिने कुनै पनि स्वास्थ्य संस्थामा आफैँ गएर समेत परीक्षण गर्न सकिने छ।

स्वदेश फर्कने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सम्बन्धी विवरण उल्लेख गरी क्वारेन्टाइनमा रहने सम्बन्धी स्व-घोषणा फारम विमानस्थलमा अनिवार्य रुपमा बुझाउनुपर्ने जानकारी प्राप्त भएकोले संलग्न फारम भरेर साथमा लानुपर्नेछ । यो फारम ccmc.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

नेपालमा अड्किनुभएका केही नेपालीहरुलाई ईजरायल फर्काउने सम्बन्धमा यस दूतावासले ईजरायली पक्षसँग समन्वय गरिरहेको बताएको छ।  काठमाडौंस्थित ईजरायली दूतावास र आफ्नो रोजगारदातासँग तुरुन्त सम्पर्क गर्न   दुतावासले भनेको छ ।

नेपालमा अड्किनुभएका केही नेपालीहरुलाई साईप्रस फर्काउनका लागि दूतावासले निरन्तर पहल गर्दैआएको छ। यस सम्बन्धमा साईप्रसको परराष्ट्र मन्त्रालयका कन्सुलर प्रमुखका अनुसार अहिलेको महामारीसँगै विदेशीलाई साईप्रस प्रवेशमा कडाई गरिएको कारण हाललाई नेपालमा अड्किनुभएका नेपालीहरुलाई फर्काउन साईप्रस सरकारले अनुमति दिएको छैन।  भिषा लगायतका भविष्यमा आउन सक्ने समस्याहरुलाई समाधान गर्न दूतावासले सहयोग गर्ने बताएको छ ।

ईजरायल बसाईलाई बिट मार्दै नेपाल फर्कन लाग्नुभएका केयरगिभर नेपालीहरुले एअरपोर्टबाट धरौटी रकम फिर्ता लिने सम्बन्धमा दूतावासले Population and Immigration Authority (PIBA) सँग सहजीकरण गरी रकम कटौती नहुने प्रबन्ध मिलाई सकेको दुतावासले जानकारी दिएको छ ।

फर्कनैपर्ने अवस्थाका कोही छुटेका भए उडान हुनुभन्दा १ हप्ता अगाडि सम्म दूतावासमा जानकारी आएमा समेट्न प्रयास गरिने र
हस्तलिखित राहदानी भएको, राहदानी हराई/च्यातिई/कोरिई प्रयोग गर्न नसक्ने भएको खण्डमा यात्रा अनुमतिपत्रका लागि दूतावासमा सम्पर्क गर्नु भनिएको छ ।

थप जानकारी वा कुनै जिज्ञासाका लागि दूतावासको टेलिफोन/ईमेलः ०३-५१००१११/ nepal.embassy@012.net.il वा अर्जुन घिमिरे फोन/WhatsApp/Viber: ०५२८२८९३०० वा प्रदीप सागर गिरी -फोन/WhatsApp/Viber: ०५४३३०६०७० मा सम्पर्क गर्न नेपाली दुतावासले अनुरोध गरेको छ ।

इजरायल र साईप्रसबाट नेपाल फर्कन चाहनेहरुको नामावली सुची र उडान तालिका 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution