नेपाली समाज इजरायलको प्रथम वार्षिकोत्सव जुम अनलाइन मार्फत सम्पन्न

तेलअविव – जनता समाजवादी पार्टी नेपालका प्रवास संगठन समिति नेपाली समाज (NeSo) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम जुम अनलाइन मार्फतको माध्यमबाट पार्टीका केन्द्रिय सदस्य तथा प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पाको प्रमुख आतिथ्य र प्रवास विशेष प्रदेश समितिको अध्यक्ष धन गुरुङको विशिस्ट आतिथ्यमा जुन १५ तारिख सम्पन्न गरेको छ ।
नेपाली समाज (NeSo) इजरायलको अध्यक्ष सुन्दर सिंह लामा तामाङको सभापतित्वमा भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रवास संगठन समिति मुख्य सचिव सहित विभिन्न देशमा रहेका संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत इजरायलमा अवस्थित राजनीतिक,सामाजिक,धार्मिक,संघ र संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु,इजरायलबाट संचालित अनलाईन मेडियाकर्मीहरु साथै अन्य सामाजिक तथा राजनितिक अभियन्ताकर्मीहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पाले अधिकार र पहिचानको पक्षमा आफ्नो भनाईहरु राख्नु हुदै शुभकामना व्यक्त गर्नु भएको थियो । साथै अन्य सहभागी बिशेष अथिति एवं अतिथिहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
स्वदेश तथा विदेशमा रहनुभएका लाखौं आम नेपाली जनताको एक मात्र आस्था र भरोसाका केन्द्र बन्न सफल नव उदयमान बैकल्पिक शक्तिकोरुपमा देशको गौरवशाली तेस्रो पार्टी नेपाली समाज (NeSo) का अध्यक्षज्युहरु एवं स्थानीय इजरायलवासी विभिन्न औपचारिक कार्यक्रम भव्य र सभ्यका साथ सु-सम्पन्न गर्न पाउदा नेपाली समाज इजरायल अत्यन्तै गौरम्भित भएको बताउदै नेपाली समाज (NeSo) इजरायलको अध्यक्ष सुन्दर सिंह लामा तामाङले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम संगठनका महासचिव अनिला मोक्तान तामाङले कुशकतापुर्वक संचालन गरेका थिए । कार्यक्रमको पूर्ण भिडियो छिटै उपलोड गर्ने छौ ।