हेडलाईन

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)         प्रवासबाट नेकपा पार्टी एकता बचाई राख्न गम्भीर ध्यानाकर्षण         नेपाली एकता मंच इजरायलको पाँचौ बैठक पार्टी केन्द्रिय सदस्यको साथमा सम्पन्न         मन्त्रालयभित्रै पर्यटनमन्त्री भट्टराईको छड्के,कर्मचारी नदेखेपछि महाशाखाका प्रमुख तामाङप्रति रुष्ट         २६ जिल्लामा पुग्यो सलह किराको समुह         असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी         एनआइसी एसिया लघुवित्तको आइपीओ खुल्यो         सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी सीमा हट्यो         यस्तो रहेछ:इजरायल साइप्रसबाट नेपालीलाई फर्काउने उडान रद्ध हुनुको कारण         नेपालमा प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर बाटोमा लुरुलुरु हिँडाएको भाइराल (भिडियोसहित)         इजरायल र साईप्रसमा रहेका नेपालीलाई स्वदेश फर्काउन तय भएको उडान रद्ध         सांसद सरिता गिरीलाई पार्टीले साेध्यो स्पष्टीकरण         गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत         सुत्केरीको खोजी: छोरी जन्मिए रु १० हजार         नेफिन इजरायलको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो निर्बिरोध निर्वाचित (भिडियो)        

इजरायल सरकारले नेपाललाई कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान

याम्बु – कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराएका छन् । राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराएका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए । उनले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको बताए ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्रउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडि कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएल २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।

इजरायलको लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्य र नेपालका लागि इजरायली राजदूत ओमेरको विशेष अनुरोधमा इजरायली परराष्ट्र मन्त्रालय अन्तर्गतको विकास साझेदार संस्था माशभ( MASHAV) उक्त सहायता उपलब्ध गराएको हो ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution