हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

भारतमा फेरि पूर्ण लकडाउन ?

याम्बु । तीव्रगतिमा कोरोना संक्रमणको मामिला बढिरहेको छिमेकी मुलुक भारत पुनः पूर्ण लकडाउनमा जाने सम्भावना बढेको अड्कल गर्न थालिएको छ। यद्यपि यस विषयमा भारतको केन्द्रीय सरकारले भने कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।


प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबीच हुन लागेको बैठकपछि यस विषयमा स्पष्ट नतिजा आउने बताइएको छ। इकोनोमिक टाइम्समा प्रकाशित एउटा खबरअनुसार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फ्रेसिङका क्रममा प्रधानमन्त्री मोदीले सहरी कन्टेनमेन्ट जोनमा प्रतिबन्धहरुमा छुट नदिन निर्देशन दिन सक्ने अनुमान गरिएको छ। ‘कन्टेनमेन्ट जोनमा रहेका घरघरमा गएर टेस्ट गर्ने तथा सामाजिक दूरी, मास्क लगाउने तथा अन्य सावधानी अपनाउनु विषयमा सरकारको कडा निर्देशन आउन सक्छ’, इकोनोमिक टाइम्सका एक वरिष्ठ पत्रकारले भने।

भारतको केन्द्रीय सरकारलाई पछिल्लो समय प्राप्त फिडब्याकअनुसार केही राज्यको अवस्था कोरोनाका कारण जर्जर बनेको छ।

प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरुको बैठक भोलि (मंगलबार) र पर्सि (बुधबार) हुँदैछ। यो बैठकमा कोरोनाबाट अतिप्रभावित राज्यका मुख्यमन्त्रीलाई प्रधानमन्त्री कडा निर्देशन जारी हुन सक्ने बताइएको छ।

यी बैठकमा प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग सुझाव माग्ने र त्यहीअनुसार एउटा साझा रणनीति तयार हुन सक्ने ती वरिष्ठ पत्रकारको भनाइ छ। ‘फेरि पूर्ण रुपमा लकडाउनमा जाने योजना सरकारको छैन’, उनले भने, ‘तर संक्रमणबाट बच्नका सामाजिक दूरी पूर्ण रुपमा पालना गर्न निर्देशन आउन सक्छ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीमा पूर्ण लकडाउन लगाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। ‘संक्रमणको मामिला तीव्रगतिमा बढिरहेकोले अहिले जनतामा फेरि पूर्ण लकडाउन हुने आशंका बढेको छ’, उनले भने, ‘तर अहिले त्यस्तो कुनै योजना छैन।’

भारतमा पछिल्लो २४ घन्टामा ११ हजार ५०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२५ जनाको ज्यान गएको छ। योसँगै भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ३२ हजार ४२४ पुगेको छ भने मृतकको संख्या ९ हजार ५२० पुगेको छ। – एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution