नेफिन इजरायलको आठौ बार्षिकोत्सव तथा साधारण सभा अनलाइन मार्फत गर्ने

तेलअविव – विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं भन्ने मुल नाराका साथ २०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आठौ बार्षिकोत्सव तथा साधारण सभा यहि आउँदो जुन १९ तारिख २०२० (शुक्रवार) जुम अनलाइन मार्फत गर्ने भएको छ ।
कार्यक्रम अहिलेको परिस्थितिलाई मध्यनजर गरि जुम अनलाइन मार्फत हुन गइरहेको महासंघकी महासचिव खुशी क्ले तमुस्यो जानकारी गराउदै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनिहरु , मिडियाकर्मी हरु, बुद्धिजीवी महानुभावहरुलाई गरिमामय उपस्थितिको लागि नेफिन इजरायल परिवारले हार्दिक निमन्त्रणा गरेको छ ।
मिति : जुन १९ तारिख २०२० शुक्रवार
स्थान : Zoom अनलाइन
समय : ५ : ४५ बजे साँझ ( नेपाली समय : ८ : ३० बजे साँझ )