हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कोरोना कहर:सामाजिक दूरीको मापदण्ड कुन–कुन देशमा कति–कति ?

याम्बु  । ब्रिटेनको सरकारमाथि उसले लागु गराएको २ मिटर (६ फिट) को सामाजिक दूरीको मापदण्ड खुकुलो बनाएर मानिसहरूलाई काममा फर्कन सहज बनाइदिन सांसद तथा व्यवसायीहरूले दबाव दिइरहेका छन्। तर वैज्ञानिकहरू चाहिँ कोरोनाभाइरस सङ्क्रमणबारे अझै पनि पर्याप्त जानकारी नभएको अवस्थामा कतै त्यसो गर्नु असुरक्षित हुन्छ कि भनेर प्रश्न गरिरहेका छन्।


के भन्छ विज्ञान?

सामान्य ज्ञान के हो भने तपाईँ अरू सङ्क्रमित मानिससँग जति नजिक हुनुहुन्छ त्यति नै सङ्क्रमणको सम्भावना ज्यादा हुन्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १ मिटरलाई सुरक्षित दूरी भनेको छ। कैयन् देशले यही मापदण्ड अनुसरण गरेका छन् भने यूकेले चाहिँ योभन्दा कडा मापदण्ड लगाएको छ।

कुन देशमा कति दूरीको मापदण्ड?

भिन्न भिन्न देशले सामाजिक दूरीसम्बन्धी भिन्न भिन्न मापदण्ड तोकेका छन्।

१ मिटर मापदण्ड: चीन, डेनमार्क, फ्रान्स, हङ्गकङ्ग, लिथुआनिया, सिङ्गापुर
१.४ मिटर: दक्षिण कोरिया
१.५ मिटर: अस्ट्रेलिया, बेल्जियम, ग्रीस, इटली, नेदर्ल्याण्ड्स, पोर्चुगल
१.८ मिटर: अमेरिका
२ मिटर: क्यानडा, स्पेन, यूके
तर केवल दूरीमा मात्र सङ्क्रमण भर पर्दैन। समय पनि महत्त्वपूर्ण हुन्छ। सङ्क्रमित व्यक्तिसँग जति धेरै समय नजिकै बितायो उति धेरै सङ्क्रमणको सम्भावना बढ्छ।

यूके सरकारलाई परामर्श दिइरहेका वैज्ञानिकहरूका अनुसार १ मिटरको दूरीमा कसैसँग ६ सेकेण्ड बिताउनु र २ मिटरको दूरीमा १ मिनेट बिताउनु उस्तै उस्तै हो।

कसैले खोकिरहेको बेला नजिक पर्नु थप जोखिमपूर्ण हुन्छ। खोकेको बेला २ मिटर टाढा रहनु र उही दूरीमा आधा घण्टासम्म कसैसँग कुराकानी गरिरहनुको पनि जोखिम उस्तै हुन्छ।

पछिल्ला अध्ययन के भन्छन्?

‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमणको समीक्षा गरेका छन्। उनीहरूले अरू मानिससँग कम्तीमा १ मिटर टाढा रहनु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय भन्ने निचोड निकालेका छन्।

१ मिटरभन्दा कम दूरीमा रहँदा सङ्क्रमणको जोखिम १३% हुन्छ भने त्योभन्दा टाढा रहँदा जोखिम घटेर ३% हुने उनीहरूले उल्लेख गरेका छन्। साथै, १ मिटरदेखि ३ मिटरबीच जति अतिरिक्त मिटरको दूरी कायम गरियो जोखिम पनि आधाको दरले घट्दै जाने अध्ययनले देखाएको छ।

दूरीको नियम कसरी सुरु भयो?

यसको सुरुवात सन् १९३० ताका गरिएका अनुसन्धानबाट भए। खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने छिट्टा चाँडैनै वाष्पीकृत हुने तथा भुइँमा खस्ने वैज्ञानिकहरूले पत्ता लगाए।

अधिकांश छिट्टा १ देखि २ मिटरभित्रै भुइँमा खसिसक्ने गरेको देखियो। त्यसैले धेरै जोखिम तब हुन्छ जब तपाइँको सामु कसैले नजिकै खोक्छ वा जब कुनै सतहमा लागेको खोकीबाट निस्किएको छिट्टा तपाइँले छुनुहुन्छ र हात अनुहारमा लैजानुहुन्छ। – बीबीसी नेपाली 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution