हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन् : सरिता गिरी (भिडिओ)

याम्बु ,२६ जेठ । समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री सरिता गिरीले नेपाल, भारत र चीनबीचको सिमा निश्चित हुनुपर्ने बताएकी छिन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्,’भारत र चीनको बीचमा लगभग ३५ सय किलोमिटरको सिमा छ । र, नेपाल र भारतको बीचमा लगभग १८ सय किलोमिटर सिमा छ । भारत र नेपालमा त दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको छ । सुस्ता र कालापानीको अब २ प्रतिशत समस्या बाँकी छ । भारत र चीनको बीचमा हेर्नुहुन्छ भने धेरै ठाउँमा अनिर्णित छ । यी ब्रिटिशहरुले छोडेर गएका सिमा हुन् । हतार हतारमा सबै गाको छ ।

भारत र पाकिस्तानको बीचमा सिमा युद्ध भाको छ । त्यो ब्रिटिशहरुको लिगेसी हो । भारत र पाकिस्तानबीचको सिमांकन जुन व्यक्ति आईकन गरे, तीन महिनामा गरे । जब त्यसपछि भारत र पाकिस्तानमा एकखालको द्धन्द्ध, गृहयुद्धको अवस्था सुरु भयो, त्यो मानिस, नक्शाविद नमरुञ्जेलसम्म आफूलाई माफी गर्न सकेनन् । मैले हतार हतारमा सिमा बनाएँ । भन्दाखेरि यो ब्रिटिश लिगेसी हो । त्यसैले अब चाहीँ सिमामा जहाँ विवाद छ । सबै पक्ष सरकारले नक्सा र सबुत लिएर टेबुलमा बस्नुपर्यो नि । यो टेक्निकल विषय हो ।’

उनले अहिले लोकतान्त्रिक व्यवस्था भएकोले आफू सहमत नभएको विषयमा विरोध गर्न पाउनुपर्ने तर्क गरिन् । उनले सिमा विवादको सम्बन्धमा आफू जानकार नभएको बताउँदै उक्त विषय सिमाविदले जान्ने कुरा भएको तर्क गरिन् । उनले भनिन्-‘म एक्सपर्ट होईन । तपाईपनि होईन । यदि नेपालले नयाँ नक्साको बारेमा कुरा ल्याईरहेको छ भने त्यो पनि प्रमाण र सबुत त नेपालसँग हुनुपर्यो । २०५४ सालमा योगी नरहरीनाथले सर्वोच्च अदालतमा मुद्दा गरेका हुन् । उहाँको देहान्त भईसक्यो । उहाँको माग के थियो भने सुगौली सन्धिअनुसारको सम्पूर्ण जग्गा नेपालले फिर्ता पाउनुपर्छ । त्यो बेलामा सरकारको प्रतिनिधित्व गर्नेमा सूर्यबहादुर थापा हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । कमल थापा विदेशमन्त्री । उहाँहरुले सर्वोच्च अदालतमा के जवाफ लेखेर दिनुभाको रहेछ भने १९५० को सन्धिको आधारमा पछिल्लो सम्पूर्ण सन्धि अब निरस्त भईसक्यो । भ्वोईड भईसक्यो । र, त्यसले गर्दा १९५० को सन्धिको आधारमा, त्यसपश्चात् हामीले जुन जग्गा पाएका छौं, त्यो नेपाल हो । हामीलाई चाहिँदैन् । जब सरकारले त्यो भनिसकेपश्चात् योगी नरहरीनाथको रिट ६ वर्षको बहसपछि २०६० सालमा खारेज भयो । नम्बर वान । अब म दोस्रो कुरा के भन्छु भने नेपालको उदय भईसकेपछि पहिलोचोटी नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । संयुक्त राष्ट्रसंघको सदस्य बन्नको लागि १९५५ मा प्रजातान्त्रिक सरकार थियो । राजा त्रिभुवन हुनुहुन्थ्यो । सायद १९५५ मा । मातृकाजी प्रधानमन्त्री हुनुहुन्थ्यो । अनि राणाहरुको सहभागिता थियो सायद मोहनशमशेर हुनुहुन्थ्यो क्यारे । त्यो १९५५ को समयमा नेपालले यु.एनमा नक्सा एउटा पठाएको छ । युनाईटेड नेशन्सको सदस्यता लिने बेलामा नेपालको जुन नक्सा स्विकृत भाको छ, नेपाल अन्तर्राष्ट्रीय समूदायमा त्यो नक्साविपरित जान सक्दैन् । त्यसैले गर्दा यो राष्ट्रवादको नाममा जनतालाई भ्रमित गर्ने काम यो सरकारले गरिराछ । आफ्नो कमजोरी लुकाउनको लागि, आफ्नो असफलता लुकाउनको लागि ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो नि, यसबारेमा नेपालसँग सबै प्रमाण छ भनेर पत्रकार धमलाले सोध्दा सांसद गिरीले भनिन्-‘तपाई अहिले देखाउनुहुन्छ ? यदि १८१६ को सन्धिको कुरा गर्ने हो भने हामी त्यो भन्दापनि अगाडि गईकन गढवाल कुमाउपनि मागौं न भारतसँग । सहमतिमा । मित्रतामा । जब राणा प्रधानमन्त्रीको मित्रता, ईष्ट ईण्यिा कम्पनीसँग थियो । १८६७ को गदरमा । यहाँको प्रधानमन्त्रीले सेना दिएर पठाए । मित्रवत व्यवहारमा चार वटा जिल्ला पाए । १८१६ को युद्धमा पनि तत्कालिन शासकहरु पराजित भाका थिए, तर मित्रवत ढंगाले यहाँका शासकहरुले भने यदि तराईको यदि तराईको जग्गा हामीसँग हुँदैन भने हाम्रो राज कसरी चल्छ ? र, ब्रिटिशहरुले पनि के बुझे भने यदि यहाँ खानापिना हुँदैन भने अनि युद्ध समाप्त हुँदैन । युद्ध कहाँ हुन्छ ? युद्ध कुन स्थानमा हुन्छ ? जहाँ भित्र खानेपिनेको अभाव हुन्छ ।’

लिम्पियाधुरा, कालापनी, लिपुलेक नेपालको हो भन्ने कुरा नेपालसँग धेरै प्रमाण र ऐतिहाँसिक तथ्यांक छ र यी कुराहरु बाहिर आईसकेका छन् भनेर पत्रकार धमलाले सुनाउँदा गिरीले भोगचलन नभएको प्रतिक्रिया दिईन् । उनले भनिन्,’कालापानी मात्र किन ? हामी त्यो भन्दा अघि पनि ग्रेटर नेपाल, १८६० को सन्धिपछि लिम्पियाधुरा छैन् । लिम्पियाधुराको बारेमा विवाद छ । प्रधानमन्त्रीले स्वयम भन्नुभाछ ।’

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा नेपालको हो, जसरीपनि फिर्ता ल्याउँछु भन्नुभएको छ ? तपाईले सुन्नुभएको छैन भनि धमलाले राखेको प्रश्नमा उनले भनिन्,’लिम्पियाधुरा मैले नेपालको नक्सामा कहिल्यैपनि देखेको छैन् । यो विवादको सार के हो भने नेपालको भारतसँग कुनैपनि कन्फ्रन्टेशनको ईस्यु म चाहीँ देखिराखेको छैन् । कन्फ्रन्टेशन कहाँ छ ? भारत र चीनको बीचमा छ । र, नेपालले अहिले जुन लिम्पियाधुरासम्म लगेको छ । तल कालापानीमा भारतको सेना ६० वर्षदेखि बसिराछ । त्यसले गर्दा एउटा शंका चाहीँ के आयो भने यो एडभान्टेज नेपालले चीनलाई दिनको लागि अहिलेको सरकारले गरिराखेको छैन ? यो अप्राकृतिक रुपमा । र, किनभने प्रश्न गर्ने ठाउँ छ । तपाई कालापानीको मात्रै कुरा किन गर्दैहुनुहुन्छ। हिमाली क्षेत्रका चार जिल्लाको ३८ हेक्टर जमिन चीनले मिचेको छ । म सँग आधार र प्रमाण छ । नेपालको नापी विभागले गरेको सर्वेअनुसार नेपालको चार वटा हिमाली जिल्ला रुकुम, हुम्ला, गोरखा र सिन्धुपाल्चोकमा चाहीँ चीनले नेपालको जमिन मिचेको छ । के को लागि ? तिब्बतबाट सिमावर्ती क्षेत्रमा सडक बनाउनको लागि । जसरी अहिले पिथौरागढबाट लिपुलेकको सडक जुन भारतले बनायो । त्यसमा १७ किलोमिटरमा विवाद छ । कालापानी क्षेत्रको बारेमा । भारत र नेपालको दाबी छ । उहाँहरुले सल्टाउनुहुन्छ । चीनले पनि भनिसक्यो । तर, मेजर इस्यु कहाँ हो भने भारत र चीन । उसले पनि आफ्नो सिमामा सडक बनाईरहेको छ । भारतले पनि बनाईराछ । र, यो अवस्थामा यदि चीनलाई एडभान्टेज दिनको लागि नेपालले कुनै प्रस्ताव ल्याएको छ भने हामी मधेशका व्यक्तिहरु, हामी नेपाल र भारतको बीचमा विशेष, मित्रवत सम्बन्धको पक्षधर छौं । नेपाल र भारतको बीचमा युद्ध होस भनेर हामी कहिल्यैपनि कल्पना गर्न सक्दैनौं । त्यसले गर्दा वार्ताबाट यो समस्याको समाधान हुनुपर्छ ।’

सन् १९६२ को युद्धपछि कालापानीलगायत १७-१८ वटा ठाउँमा भारतीय सेना रहेको सुनाउँदै गिरीले भनिन्,’सबै ठाउँबाट भारतीय सेना हट्यो, तर कालापानीमा हटेन । किन ? नम्बर वान, त्यो बेलामा राजा महेन्द्रले भारतलाई मात्रै सहयोग गरेका होईनन् । नेपाल र भारतको बीचमा १९५० को सन्धि छ । राजा महेन्द्रले नेपालको सुरक्षाको लागि पनि सेना बसाएका हुन् । किनभने १९५९ मा चीनले तिब्बतलाई कब्जा गरेको छ । अनि के राजा महेन्द्रलाई नेपाल जोगाउनुपरेन ? नम्वर टु, अब यहाँ एउटा तर्क के आउँछ भने-होईन कालापानीमा त त्यतिकै बस्न दिएको छ राजा महेन्द्रले । अनि त्यसैले गर्दा त्यो सेना हट्नुपर्यो । अब लास्टमा आउँछु, त्यही हर्क गुरुङको रिपोर्ट, हिमाल पत्रिकाको टोनी हेगन फाउण्डेशनको लागि १९६३ अगाडिको नक्सामा अलिकति चुच्चो देखाएको छ । तर, १९६३ पछिका नक्सामा त्यो छैन् । अब यहाँनिर प्रश्न के उठ्छ भने, मेरो प्रश्न हो-यदि राजा महेन्द्रले त्यतिकै बस्न थिए भने हर्क गुरुङ, जोकी राजा महेन्द्रका त्यति नजिकका व्यक्ति थिए । अत्यन्त विश्वासपात्र थिए उनले नक्सामा किन परिवर्तन गरे ? नक्सा परिवर्तन किन भयो ? सन् १९६१ मा राजा महेन्द्र चीनपनि जानुभएको छ । त्यो बीचमा सिमासम्बन्धी सन्धि भाको छ । र, १९६३ भन्दा अघिको नक्सा हेर्नुहुन्छ भने उत्तरी भागमा पनि नेपालका धेरै भागहरु जुन पहिला थिए ती भाग १९६३ को नक्सामा छैन् । यसको मतलव राजा महेन्द्रले के कारणले होला मलाई थाहा छैन् ? म नक्सा हेरिराछु चीनलाई पनि जग्गा छोडेका हुन् । नक्साले बोल्दैछ ।’

कालापानी भारत र नेपाल दुवै देशको सुरक्षाकोलागि अत्यन्तै महत्वपूर्ण स्थान भएको उनको भनाई छ । उनले भनिन्,’भारतको लागि मात्रै होईन, भारत र नेपाल दुवैको लागि । त्यसले गर्दा १९५० को सन्धिअन्तर्गत नेपाल र भारतले कुरा गर्नुपर्छ । दुवै देशको सुरक्षा कसरी गर्ने हो ? यदि नेपालले यो सुरक्षाको जिम्मा म लिन्छु, भारतले चिन्ता गर्नुपर्दैन भनेर नेपालले भारतलाई विश्वास दिलाओस नि त । तर, यदि जब भारतलाई शंका लाग्छ कि होईन नेपाल अहिले चीनको पक्षमा काम गरिराखेको भन्दाखेरि त गाहो हुन्छ नि । नेपालले अन्तिम युद्ध लडेको १८१४ हो । भारत जो नेपालको मित्र हो, उसले अंग्रेजहरुसँग तीन सय वर्ष लडेको छ । त्यसपश्चात् अहिले चार-पाँच वटा युद्ध खेपिसकेको छ । भारतमा स्वतन्त्र भाको छ अनि नेपालमा प्रजातन्त्र आको छ । भारत स्वन्त्र नहुञ्जेलसम्म नेपालमा क्रुर राणा शासन थियो । भारतको स्वतन्त्रता र लोकतन्त्रको महत्व नेपालको लागि छ र हुनुपर्छ ।’

तर यो पनि नभुल्नुहोस कि भारतलाई स्वतन्त्र बनाउनको लागि नेपालले साथ दिएको होईन ? विपीले साथ दिनुभएको होईन भनेर धमलाले तेर्साएको प्रश्नमा गिरीले भनिन्,’जरुर । अनि त भारतले नेपाललाई सम्मान गर्छ । त्यसैले गर्दा भारतमा नेपालको विशेष स्थान छ । भारतमाथि पाकिस्तानले आक्रमण गरेको वा चीनले आक्रमण गरेको, त्यो भन्दापनि बढि संवेदनशील कुरा भारतको लागि के हुन्छ भने ? नेपालले भारतसँग कुरापनि नगरिकन, वार्तापनि नगरिकन, यदि यस्तो नक्सा चाहीँ बनाउँछ भने ।’

आफ्नो देशको नक्सा बनाउनको लागि हामीले भारतलाई सोध्नुपर्ने ? लिम्पियाधुरा नेपालको भू-भाग हो नि भनेर धमलाले राखेको कुरामा गिरीले यस्तो प्रतिक्रिया दिईन्, ‘त्यो तपाईको भनाई हो ऋषिजी, लिम्पियाधुरा नेपालको भाग हो, यो त म पनि स्वीकार गर्दिन् । तपाईले भनेर हुन्छ ?’ – रिपोर्टस क्लब ।

हेर्नुहोस पूरा भिडिओ:






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution