हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जातीय विभेद – अमेरिकी प्रहरीले घुँडा टेके

नरेश नेवा – हालै अमेरिकामा आफ्नो संस्था भित्रको एक जना प्रहरीको गल्ती पछि सिंगो अमेरिकी प्रहरी संस्थाले घुड़ा टेकि माफी माग्नु परेको घटनालाई साधारण घटनाको रुपमा लिन सकिँदैन, एउटा प्रहरीको कारण सिंगो प्रहरी संस्था नै नतमस्तक हुन परे भने प्रहरी संस्थाको ईज्जत सगै सिंगो देशले लज्जित हुन परेको छ | प्रहरीको ज्यादतीको कारण आज सिंगो अमेरिका जलिरहेको छ तिसौ राज्यहरुमा कर्फ्यू घोषणा गरिएको छ महाशक्ति भनिने अमेरिकी राष्ट्रपति बकंर भित्र लुक्न बाध्य भएको गराएको छ, अमेरिकी प्रहरीले गरेको ज्यादतीको फोटो भिडियो हेर्न लायकको छैन । ज्यादतीको भिडियो र फोटोहरुले सिंगो अमेरिकी मानबीय सभ्यतालाई जिस्काइ रहेको छ लज्जाबोध गराउन बाध्य पारिएको छ |

शक्ति सम्पन्न सभ्य भने अमेरिकी नागरिकहरुलाई लज्जित तुल्याएको छ एउटाले बिराउने सिंगो देशले पिरोल्ने । अझ कालो वर्णको अमेरिकी नागरिकलाई गरेको यस ज्यादती बिरुद्ध न्यायको आवाज उठाऊंन कालो गोरो छुटिनु हुँदैन भन्दै यस ज्यादती बिरुद्ध नबोल्ने गोराहरु समेतलाई न्यायको लागि आवाज नउठाएकोमा अपराधीको संज्ञा दिएको छ |

अहिलेको सामाजिक संरचना नै यस्तै छ, यदि दोलखाको कुनै नेवाले बिराए सिंगो नेवा समुदायले बदनाम खेप्नुपर्ने अबस्था छ । सामाजिक प्राणी भए पछि यो हुने नै भयो । समाजमा भएको सबै न्याय अन्यायको जिम्मेबार सबै बराबरी भागिदार हुन्छ, आफ्नो सन्तान आफै कजाउनु आफ्नो समुदाय आफै कजाउनु भने बिश्वभर आवाज उठेको छ ।

नेपाल तीरको कुरो गरौ, एउटी ठकुरनीको गल्तिमा सिंगो ठकुरीहरु र पुरै गाउँले दोषी करार भए, गाउँले मिलेर गरेको ज्यादतीमा नेपाल भर र बिश्वभर हुने सिंगो स्वजातिय ठकुरी जातीले अपराधीको बिल्ला भिड़न पर्यो । आज त्यों गाउँले मात्र दोषी भएन, शुष्मा ठकुरी मात्र दोषी भएन बरु यसले सिंगो स्वजातीय ठकुरी समुदायले पिरोल्नु पर्यो ।अपराधीको बिल्ला भिड़न परे ।

समाजमा एउटाले बिराए पुरै समाजले अपराधी हुनुपर्ने यस्ता घटना कसैले चाहेर वा नचाहेर पनि यो रोकन सकने अबस्था पनि छैन ।

एउटा नेवाले गल्ती गरे सिगो नेवा राष्ट्रिय समुदायले झेल्नुपर्छ । शासक बाहुनहरुको गल्तीले निर्दोष बाहुनहरुले पनि आरोपीत हुन परेको छ ।गाली खानु परेको छ । एउटा मगरले गल्ती गरे सिगो मगर राष्ट्रिय समुदायको टाउको माथि दोष आऊंन सकने अबस्था छ । यो कसैले रोकेर रोकिने वाला पनि छैन  किनभने समाज आत्माकेंद्रित हुनछ समाजमा एउटै रहन सहन भाषा परम्परा धर्म जात सस्कृति मिलने मानिसहरु एक आपसमा चाडै मिलने चाडै आत्मीयता हुने र एकढिका भई नजिक हुन्छ । संसारको कुनै पनि देसमा एउटा तामाङले राम्रो नराम्रो जेसुकै गरे पनि त्यसको सुरुमा तामाङहरुले नै बढ़ी चासो देखाएको हुन्छ , खुसी वा दुःख ब्यक्त गर्छ ।

अमेरिकामा बसने कुनै बाहुनले कुनै राम्रो काम गरे त्यसको सबै भन्दा पहिला नेपालको बाहुनहरुले खुसी ब्यक्त गर्छ अनि नेपालीको नाताले अबश्य पनि हामीले सबैले खुसी ब्यक्त गर्दछौ । मानबीय सामाजिक सोचाइ वा प्रकृतिको देन नै यसरी बिकसित भएको हुन्छ की एउटा अमेरिकनले मगर भाषामा गीत गाए वा बोले सारा मगरले गर्बले गर्व गर्छ अनि नेपालीको नाताले हामी सबैले गर्ब गर्छौ।

नचाहंदा नचाहँदै समाजमा एउटाले बिराउने सबैले पिरोल्ने हुँदा यी यस्ता राम्रो नराम्रो बिबिध घटनाहरुलाई सम्बोधन गर्न पनि समुदागत एकता गरी आ-आफ्नो समुदायका ब्यक्तिहरुलाई सुसजित गर्नु आजको अझ बढ़ी आवश्यकता खड्किएको छ । म तामाङ हुँ  म जे सुकै गर्छु भने अधिकार अब कुनै तामाङलाई नहोला किन भने उनले गरेको कुनै घटनामा सिंगो तामाङ राष्ट्रिय समुदाय नचाहन्दा नचाहन्दैं मुछिने गर्छ वा मुछ्ने प्रयास हुन्छ ।

उदाहरणको लागि यदि कुनै तामाङले आफ्नो समुदायगत भाषा धर्म रहन सहन भेषभूषा सस्कार संस्कृतिमा आँच आउने कुनै पनि कर्म गरे त्यों सिंगो तामाङ समुदायले त्यसको जस अपजस सबै समुदायले भोग्नुपर्ने अबस्था छ ।

त्यस्तै एउटा तामाङ साथीले तामाङ भाषा नआउँदैमा मलाई तामाङ होइन भन कहाँ पाइन्छ र भने स्टाटस लेख्छ भने भरे त्यो उसको मौलिक अधिकार भित्रै परेपनि त्यस वाक्यले सिंगो तामाङ राष्ट्रिय समुदायलाई जिस्काई राखेको हुन्छ गिज्याउने काम गरेको हुन्छ भने अबश्य पनि त्यों तामाङ समुदायको चासोको बिषय हुने गर्छ हुनपर्छ ।

एउटा सुबेदी थरको बाहुनले म हिन्दूधर्म त्यागी इशाई भयो भन्दैमा मलाई बाहुन होइन भन कहाँ पाइन्छ र भनि स्टाटस लेखे पकै पनि त्यस बाक्यले सिगो बाहुन समुदायलाई गिज्याइको भने अर्थ लाग्छ । समुदायलाई नै होच्याउने यस्तो वाक्यहरु अबश्य पनि स्वजातीय समुदायको लागि पाच्य हुँदैन ।

हामी आफूखुसी सदस्यता लिन पनि सकने छोड़न पनि सकने एउटा कुनै राजनितिक पार्टीको सदस्यता लिई सकेपछि त त्यों पार्टीको आचार सहिता अनुसासनमा बस्नुपर्ने हुन्छ,नत्र पार्टीले कारबाही गर्छ भने हामी त जन्म जात कुनै न कुनै समुदायको रगतको बंशजको उत्तराधिकारी रुपमा जोडीएर त्यही समाजको हिंसा हुन्छ , जून पार्टीको सदस्यता जस्तो न त्याग्न मिल्छ न अब म यो जातीको हैंन भनि राजीनामा नै दिन्छु । यस्तो अबस्थामा हामी आफ्नो समुदायको मूल भावना बिपरीत यदि कसैले काम गरिन्छ भने त्यों पकै पनि सिंगो समुदायको अपमान गर्नु सरह हो । त्यसकारण सबै मानिसहरु आ-आफ्नो मौलिक धर्म,भाषा,संस्कृति परम्परा भेषभूषा, लिपि सम्बत सभ्यता बारे जानकारी राख्नु अत्याबश्यक हुन्छ ताकि आफुले गरेको कुनै गलत सस्कारबाट आफ्नो समुदायले अपमान बेहोर्न नपरोस ।

म जे सुकै गर्छु, यो मेरो आफ्नो मौलिक अधिकार भन्दै यदि कसैले आफ्नो भाषा धर्म संस्कार परम्परा संस्कृति चाडपर्बलाई हिप्ने छी छी दूरदूर गर्ने काम कसैले गर्छ भने त्यों सिंगो समुदायको लागि सह्य हुन सक्दैन । समाजमा बसेपछि यस्मा सबैले ध्यान दिनै पर्छ ।

यदि आफ्नो समुदाय अनुसारको मौलिकता आफु संग भएन भने थर मात्र श्रेष्ठ,मगर,अधिकारी शेर्पा, गुरुंग झुन्ड्याएर त्यों समुदायले गर्ब गर्ने अबस्था हुँदैन भने यदि कसैले आफ्नै समुदायको धज्जी उडाएर हिड्छ भने यस्मा सम्बधित स्वजातीय संस्थाले चासो लिनु स्वभाबिक हो किन भने समाजमा एउटाले बिराउने सिगो समुदायले दोषी हुने अबस्था हालैको एक जना अमेरिकी प्रहरीको ज्यादतीले सिगो देसको इज्जत लिलाम भएको छ ।

नोट :-यहाँ जाती जातीको उच्चारण एउटा उदाहरण मात्र पस्केको हो ।

(लेखक – नरेश नेवा , नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्वअध्यक्ष हुनुहुन्छ)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution