राष्ट्रिय नेवा: खल: इजरायलको नबौ अधिबेशन जुम अनलाइन भरर्चुल मार्फत गरिदै

तेलअविव – प्रवास भुमि इजरायलमा बासोवास गर्ने राष्ट्रिय नेवा: समुदायहरुको गौरवमय खल: राष्ट्रिय नेवा: खल: इजरायलको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को अनुच्छेद १७ मा उल्लेखित प्रावधान अनुसार मिति २०२० मार्च २७ शुक्रबार सम्पन्न गराउने भनी घोषित गरिएको “नबौ अधिबेशन” बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( Covid 19) प्रभाबको कारण स्थगित गरिएको राष्ट्रिय नेवा: खल: इजरायलको नबौ अधिबेशन आगामी नेपाल सम्बत ११४० ताछला तिथि तदनुसार २०२० जून १० तारीख बुधबार बेलूकी ९ बजे जुम अनलाइन भरर्चुल मार्फत गर्ने भएको छ ।
नबौ अधिबेशनमा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष तारा काउचा मगर , बिशेष अतिथि नेवा: देय दबु केन्दीय अध्यक्ष भाजु नरेश कुमार ताम्रकार, बिशेष अतिथि वल्ड नेवा अर्गनाइजेशनका अध्यक्ष भाजु सीजन श्रेष्ठ , इजरायलस्थित नेपाल आदिवासी जनजाती महासंघमा अवाद्ध राष्ट्रिय आदिवासी जातीय संस्थाहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी रहने संस्थाकी अध्यक्ष मनु श्रेष्ठले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ ।
इजरायलमा रही विभिन्न पेशामा कार्यरत सम्पूर्ण आदर्णीय नेवा: दाजुभाई तथा दिदिबहिनिहरुमा सहभागीको लागि राष्ट्रिय नेवा: खल: इजरायलले अनुरोध गरेको छ ।