इजरायलमा भारतीय दुतावास समक्ष नेपाली भूभाग नेपाललाई फिर्ता गर्न बिरोध पत्र बुझायो
तेलअविव – प्रबासी नेपाली एकता मञ्च, इजरायलले भारतीय दूताबास तेलअविव मार्फत नेपाली भूभाग नेपाललाई फिर्ता गर्न माँग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिरोध पत्र पठाएको छ।
प्रबासमा रहेर पनि नेपालको अखण्डता र राष्ट्रियताको पक्षमा नेपाल सरकार , नेकपा लगायत सम्पूर्ण दलहरु र देशभक्ति नेपालीहरु संग एकबद्धता जनाउदै भारतीय दूताबास तेलअविव समक्ष इमेल मार्फत बिरोध पत्र पठाएको प्रबासी नेपाली एकता मञ्च, इजरायलका अध्यक्ष तिर्थ गौतमले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ ।
पश्चिम नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारतीय हस्तक्षेपका बिरुद्ध संसारभर रहेका देशभक्त नेपालीहरुले भारतीय पक्षलाई औपचारिक बिरोध-पत्र बुझाउने क्रम जारी छ।
नेकपाको प्रवासमा रहेको संगठन प्रबासी नेपाली एकता मञ्च पोर्चुगल, स्विजरल्याण्डले बिरोध पत्र बुझाएका छन् । यस अघि बेलायत, क़तार र बेल्जियम स्थित प्रबासी नेपाली एकता मञ्च लगायत नेपाली संघ संगठनहरुले नेपाली भूमि अतिक्रमण बिरुद्ध भारतीय दूताबासमा औपचारिक बिरोध जनाइसकेका छन् ।
बिरोध पत्र