हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?

डा. रवीन्द्र पाण्डे – नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको तथा असार/साउन महिनासम्म उच्चबिन्दुमा जानसक्ने प्रक्षेपणअनुसार एकातर्फ रोगलाई नियन्त्रण गर्नुपर्ने दायित्व छ भने अर्कातर्फ जनजीविका सञ्चालन गर्नका लागि लकडाउनलाई खुकुलो गर्नुपर्ने बाध्यता छ । सबैलाई थाहा छ, लकडाउन समाधान होइन ।

लकडाउनलाई एकैपटक खोल्दा हामीले ब्राजिलको अवस्था आउन सक्छ भनेर आत्मसात गर्नुपर्दछ । तसर्थ लकडाउनलाई सुरक्षित अवतरण गर्नका लागि ४-५ चरणमा विस्तारै खुकुलो गर्नुपर्दछ । हरेक चरणमा परीक्षणको दायरा बढाउँदै रेड, एल्लो र ग्रीन जोनमा बदल्दै लकडाउनलाई परिवर्तनशील बनाउनु वैज्ञानिक एवं व्यवहारिक हुन्छ ।यी कुरालाई ध्यान दिँदै सरकारले आफ्नो रणनीति परिवर्तन गर्नु जरुरी छ, जसलाई मैले बुँदागत रूपमा राखेको छु ।

– भारतसँग सिमाना जोडिएका जिल्लामा, संक्रमण बढी देखिएका पहाडी जिल्लामा तथा अन्य जिल्लाका हटस्पट सिल गरेर बाँकी ठाउँमा लकडाउन खुकुलो गर्ने ।

– काठमाडौं उपत्याकामा जनघनत्व धेरै भएको हुँदा संक्रमण फैलिएमा नियन्त्रण गर्न गाह्रो हुन्छ । यहाँ बस्न गाह्रो भएका व्यक्तिलाई गाउँ जान व्यवस्था गर्ने । काठमाडौंबाहिर फसेका व्यक्तिलाई सुरक्षितरूपमा ल्याउने व्यवस्था मिलाउने । त्यसपछि बाहिरी नाका सिल गर्ने ।

– सार्वजनिक यातायात अर्को चरणमा ५०% क्षमतासहित सुचारु गर्ने । साझा यातायातजस्ता लामा सवारीसाधनलाई प्राथमिकता दिने ।

– सम्पूर्ण कार्यालय ३० % क्षमताबाट खोल्न शुरू गर्ने ।

– नोबेल कोरोनाभाइरस नयाँ भएको, यसको अध्ययन भइरहेको, सबै तथ्य थाहा नभएको तथा आधिकारिक निकायबाट फरक–फरक धारणा आइरहेको हुनाले एउटा विज्ञ समूह बनाउने । त्यो समूहले आपसमा छलफल गरेर बनाएको मतलाई मेडियामार्फत जनतामा सम्प्रेषण गर्ने ।

– सामाजिक दुरी, मास्कको प्रयोग, हात धुने लगायतका सुरक्षित उपायबारे रेडियो तथा टेलिभिजनमा विज्ञापन, टेली चलचित्र तथा प्रचार सामग्री बनाउने ।

– स्कूल, कलेज, होटेल, नाइट क्लब, सिनेमा घर, स्वीमिङ पुल, जिम/जुम्बा आदि पछिल्लो चरणमा मात्र खोल्ने ।

– उत्पादन तथा रोजगारी बढाउनका लागि ती क्षेत्रहरू क्रमशः खोल्ने ।

– व्यवसायीलाई ब्याज सहुलियत, कृषि ऋण मिनाहा, कमाएर कर तिर्ने व्यवस्था तथा डुबेका व्यवसायलाई उठाउन प्रेरित गर्ने।

– अस्पताल तथा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिने । यसका लागि निम्न उपाय प्रबन्ध गर्ने :

क) पाटन अस्पताल, मेडिसिटी अस्पतालजस्ता ठूला २-३ वटा अस्पतालमा मात्र ‘ फ्ल क्लिनिक, ज्वरो क्लिनिक, कोरोना परीक्षण, उपचार, आइसीयू, भेन्टिलेटर आदिले सु–सज्जित गर्ने । जिल्लामा पनि यस्तै एउटा ठूलो अस्पताल वा मेडिकल कलेजमा व्यवस्था मिलाउने ।

ख) गम्भीर लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसन, होटेल आइसोलेसन वा सामुदायिक भवनमा आइसोलेसनको व्यवस्था गर्ने । यसो गर्दा सबै अस्पताल र स्वास्थ्यकर्मी संक्रमित हुँदैनन् ।

ग) बाँकी अस्पताललाई अन्य रोगका नियमित सेवा सञ्चालन गर्ने । कारणवश संक्रमित देखिएमा ती अस्पताल सिल नगर्ने । कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमितलाई मात्र आइसोलेसनमा राख्ने ।

घ) चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई ३ समूह बनाएर पालोसँग काम गर्ने तथा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने । यसो गर्दा स्वास्थ्यकर्मी संक्रमित भएर सेवा अवरुद्ध हुँदैन ।

ङ) स्वास्थ्यकर्मीलाई गुणस्तरीय पीपीईलगायत सुरक्षाका सम्पूर्ण सामग्री प्रदान गर्न सरकारी तथा निजी अस्पताललाई निर्देशन दिने । स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारले विशेष प्रोत्साहन नीति बनाउने । फ्रन्ट लाइनका चिकित्सक तथा नर्सलाई सुविधासम्पन्न होटलमा बस्ने व्यवस्था गर्ने ।

च) अस्पतालमा बिरामीका कुरूवा राख्ने प्रचलन हटाउने । सम्पूर्ण व्यवस्था अस्पतालले गर्ने ।

छ) बिरामी नहेर्ने, फर्काउने, सरकारको नियम पालना नगर्ने निजी अस्पतालको प्रवृत्तिलाई निरुत्साहित गर्ने ।

ज) स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ५००० हुने आंकलन गरेर त्यही अनुरूपको तयारी गरेको सन्दर्भमा साउनको अन्तिमसम्म करीब ३० हजार संक्रमित हुन सक्ने मेरो अध्ययन छ । तसर्थ सरकारले न्युनतम ३० हजार संक्रमितका लागि पूर्वतयारी गर्नुपर्दछ ।

– कृषकलाई सामाजिक दुरी राखेर तथा एकै टोलबीच पर्मको व्यवस्था गरेर काम गर्न प्रोत्साहित गर्ने । यो वर्ष चीन, भारत, बंगलादेशलगायत देशमा कोरोना संक्रमणका कारण उत्पादन घट्दछ । तसर्थ जमिन बाँझो नरहने गरी उत्पादन गर्न, कृषि बिमा गर्न, कृषि एम्बुलेन्स तथा बजारीकरणको ग्यारेन्टी गर्न प्रदेश सरकार र स्थानीय निकायलाई योजना दिने ।

– लकडाउन खुकुलो भएपछि अन्य देशमा जस्तै संक्रमितको संख्या वृद्धि हुन्छ । यसले गर्दा अस्पतालमा प्रेसर बढ्छ । तसर्थ आईसीयू, भेन्टिलेटर र जनशक्ति थप्ने व्यवस्था गर्नुपर्दछ ।

– नेपालको सीमा क्षेत्रमा सुविधासम्पन्न क्वारेन्टाइनको प्रबन्ध गरेर तथा उनीहरूलाई परीक्षण गरेर मात्र आफ्नो थातथलोमा पठाउने व्यवस्था गर्ने । यसका लागि पीसीआर टेस्ट ल्याबको क्षमता बढाउने । क्वारेन्टाइन र परीक्षणमा लगानी गर्ने ।

– हवाइमार्गबाट उद्दार गर्नेको हकमा उनीहरूको क्षमता अनुसारको होटल, लज, गेस्ट हाउसमा क्वारेन्टाइनमा राख्ने । खर्च गर्न नसक्नेलाई सामुदायिक भवनमा क्वारेन्टाइनको प्रबन्ध गर्ने ।

– क्वारेन्टाइन तथा आइसोलेसनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र प्राथमिक उपचारका सामान राख्ने । क्वारेन्टाइनमा मृत्यु हुनु वा आत्महत्या गर्नुलाई नेगेटिभ इन्डिकेटर मानिन्छ । यो तथ्यमा सजग हुने ।

– सीमा जोडिएकाबाहेक क्षेत्रमा सुरक्षाविधि अपनाएर आन्तरिक हवाइयात्रा सुचारू गर्ने ।

– मास्क नलगाउने, ४ जनाभन्दा धेरै हिँड्ने, भीडभाड गर्ने लगायतलाई जरिवानाको व्यवस्था गर्ने । प्रहरी तथा स्थानीय स्वयंसेवीलाई सामाजिक दुरी पालनाको अनुगमन गर्ने व्यवस्था स्थानीय निकायमार्फत मिलाउने ।

– प्रहरी, सेना, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत समूहमा बस्नेमा संक्रमण सरेमा छिटो फैलिन्छ । तसर्थ त्यो समुदायमा पनि सामाजिक दुरी र मास्क अनिवार्य गर्ने ।

– एम्बुलेन्स, अस्पताल तथा जनसरोकारका कार्यालयलाई संक्रमणरहित बनाउन मार्गनिर्देश गर्ने ।

– मृतकको विवरण दिँदा ‘डेथ बाइ कोभिड’ वा ‘डेथ बाइ हार्ट अट्याक कोभिड पोजिटिभ’ यो मोडल अपनाउने । यसले जनतामा आतंक फैलिन पाउँदैन ।

– नेपालमा रहेका विदेशी निकायलाई सरकारको योजनाअन्तर्गत सहयोग गर्ने प्रणालीमा राख्नुपर्दछ । उनीहरूले स्वास्थ्य मन्त्रालय चलाउने वातावरणको अन्त्य गर्नुपर्दछ ।

– उद्योगको सिफारिसमा मजदुरलाई सुरक्षित रूपमा ल्याएर, उद्योगको खर्चमा क्वारेन्टाइनमा राखेर तथा पीसीआर टेस्ट गरेर काममा लगाउनुपर्दछ । सकभर मजदुरलाई उद्योगमा आवासीय रूपमा राख्नुपर्दछ । अरू समुदाय तथा परिवारसँग भेट्न दिनु हुँदैन ।

– एसईई परीक्षा सञ्चालन गर्न अहिले जोखिमपूर्ण हुन्छ, तसर्थ टेस्ट परीक्षाको आधारमा परिणाम निकाल्ने व्यवस्था मिलाउने ।

– फजुल सरकारी खर्च कटाउने, सांसद विकास कोषलाई उत्पादन र रोजगारी सिर्जनाका लागि सम्बन्धित पालिकाको समन्वयमा पारदर्शी हिसाबले खर्च गर्ने व्यवस्था मिलाउने ।

– औषधि उपकरण खरिद, गाइडलाइन निर्माण तथा अन्य अनावश्यक कामको बिल मात्र बनाउने काम रुचाउने प्रवृत्तिको निहितार्थ बुझेर कारवाहीको व्यवस्था गर्ने । विपदलाई कमाउने अवसर बनाउने प्रवृति अन्त्य गर्न राष्ट्रिय सतर्कता केन्द्र तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई क्रियाशील गर्ने वातावरण मिलाउने ।

– जेष्ठ नागरिक तथा जोखिम वर्गलाई सुरक्षित गर्ने, नि:शुल्क औषधि दिने तथा काममा नलगाउने ।

– खोप कार्यक्रम सञ्चालन नगर्दा बालबालिका जोखिममा पर्न सक्छन् । दादुरालगायत रोगको महामारी फैलिन सक्छ । तसर्थ खोप कार्यक्रम पूर्ववत सञ्चालन गर्ने ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद चिकित्सामा वर्णित तथा गाइडलाइनमा उल्लेखित जडिबुटीको उपलब्धता र प्रयोगमा प्रचार/प्रसार गर्ने । योगलाई जीवनको शैली बनाउने ।

पहिलो चरण अर्थात् जेठ ३२ सम्म :

– एकैपटक भीडभाड नहोस् भनेर अत्यावश्यक सेवाबाहेक अन्य निजी यातायात जोरबिजोर गरेर चलाउने । मोटरसाइकलमा १ जना र चारपांग्रेमा २ जना मात्र बस्न पाउने गरी व्यवस्था मिलाउने ।

– आवासीय ढाँचामा उद्योग खोल्ने । उद्योगमा खाने तथा सुत्ने ठाउँ नभएमा नजिकको पार्टी प्यालेस भाडामा लिएर त्यहाँ राख्ने तथा उद्योगको बसले ल्याउने / छाड्ने काम गर्ने ।

– खाधान्न पसल, किराना पसल, रेस्टुरेन्ट, स्टेशनरी, औषधि पसल, कृषि तथा भेटेनरी पसल, बच्चाका सामान राख्ने पसल आदि खोल्ने ।

– तरकारी बजारमा धेरै भीड हुने हुँदा स्थानीय खाध्य तथा किराना पसलबाट खरिदबिक्रीको व्यवस्था मिलाउने ।

– एउटा कार्यालयका कर्मचारीले धेरै साधन प्रयोग नगरेर बसबाट कार्यालय ल्याउने / छोड्ने व्यवस्था गर्ने ।

– निश्चित ट्रकलाई कृषि एम्बुलेन्सको प्रमाण पत्र दिएर गाउँबाट तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, अण्डा तथा पशुपन्छी ल्याएर बेच्ने व्यवस्था मिलाउने ।

– मजदुरको रोजगारीको लागि सामाजिक दुरी कायम गरेर ससाना घर निर्माणको काम गर्ने अनुमति दिने ।

– राष्ट्रिय गौरवका आयोजना, हाइड्रोपावर लगायतमा काम सुचारू गर्ने ।

– बैंक तथा वित्तीय संस्था, अस्पताल, मालपोत, बिल तिर्ने कार्यालय आदिमा अनलाइनबाट वा फोनबाट समय लिएर प्राप्त समयमा सेवाग्राही पुग्ने टाइम कार्ड लागू गर्ने । यसले भीडभाड हटाउन मद्दत गर्छ ।

– अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकलाई भेन्टिलेसन, व्यक्तिगत दुरी, प्रतिक्षालयमा दुरी कायम गरेर बेञ्च राख्ने, पीपीईको व्यवस्था, स्वास्थ्यकर्मी तथा बिरामीलाई हात धुने व्यवस्था आदि व्यवस्थापन गरेर मात्र सञ्चालन गर्न तयारीको समय दिने ।

– यो चरणमा परीक्षणको दायरा बढाउने र त्यसको परिणामअनुसार अर्को चरणका योजना ल्याउने ।

हामीले फुकीफुकी पाइला चालेर कोरोना संक्रमण नियन्त्रण, आर्थिक गतिबिधि सञ्चालन, कृषि क्रान्ति सञ्चालन तथा लकडाउनको मोडालिटी परिवर्तन गर्दै लैजानु पर्दछ । कोरोना संक्रमण केही वर्ष रहने भएकाले कोरोना भाइरस छल्दै जनजीवन सञ्चालन गर्नुको विकल्प छैन ।

– लकडाउन खुकुलो हुँदाको अवस्थामा पनि सुरक्षा व्यवस्था कडा गर्ने, संक्रमित क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फको आवतजावत निषेध गर्ने तथा भीडभाड पूर्णरूपमा नियन्त्रण गर्ने ।

– बिहान र बेलुका हिँडडुल निरुत्साहित गर्ने, दिउँसो खुकुलो गर्ने, बस्ती तथा गल्लीमा सुरक्षाकर्मीको गस्ती बढाउने लगायत भीडभाड नियन्त्रणका उपाय अवलम्बन गर्ने ।

– जनतालाई कोभिड– १९ बारे सही जानकारी दिने, मनोसामाजिक परामर्श दिने, इम्युनिटी पावर बढाउने उपायबारे जानकारी दिने काम नियमित गर्ने ।

– कन्ट्याक्ट ट्रेसिङका लागि ग्रामीण स्वास्थ्यकर्मी, भोलेन्टियर तथा सामाजिक कार्यकर्ता परिचालन गर्ने ।

– केन्द्रीय प्रयोगशालामा परीक्षणको चाप धेरै भएर समयमा रिपोर्ट नआउने परिस्थिति विद्यमान छ, तसर्थ सामुदायिक अस्पताललाई निश्चित गाइडलाइन र अनुगमनसहित परीक्षण गर्ने अनुमति दिने । परीक्षणको खर्च सरकारले सामुदायिक अस्पताललाई दिने ।

(डा.रवीन्द्र पाण्डेले जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गर्नुभएको विज्ञसँगको छलफलमा पेश गरेको सुझाव)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution