हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने

याम्बु – सरकारले साढे २ महिना लामो लकडाउन जेठ २५ गतेबाट खुकुलो बनाउने भएको छ ।आर्थिक गतिविधि ठप्प भएको र जनताको दैनिकी कष्टकर बनेको भन्दै आगामी आइतबारबाट लकडाउन खुकुलो बनाउने गरी सरकारले तयारी थालेको हो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रलाई नखोल्ने, अत्यधिक संक्रमित भएको जिल्लामा लकडाउन कायमै राख्ने र कम संक्रमित भएका तथा संक्रमणको जोखिम कम रहेका क्षेत्रहरु खुकुलो बनाउने गरी छलफल अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उनका अनुसार क्षेत्र विभाजन गरेर लकडाउन खुकुलो बनाउने कार्ययोजना बनेको छ। उच्चस्तरीय समन्वय समितिको बैठकले कार्ययोजनालाई अन्तिम रुप दिएसँगै अब बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई पारित गर्नेछ।

यसअघि वैशाख २६ गतेबाट लकडाउन खुकुलो बनाउने भनेर निर्णय भए पनि त्यो कार्यान्व्यन हुन सकेको थिएन।

उद्योगधन्दा खोल्ने भनिए पनि कसरी आवतजावत गर्ने, मजदुरलाई कसरी सुरक्षित राख्ने लगायतका समस्याका कारण उक्त निर्णय कार्यान्वयनमा समस्या देखा परेको थियो। यसपटक त्यस्ता समस्याको समाधान हुने गरी कार्यायोजना बनाइएको मन्त्री ढकालले बताए।

६ चरणको योजना बनाएर लकडाउन खोल्ने

सरकारले ६ चरणको योजना बनाएर लकडाउन पूर्णरुपमा खोल्ने भएको छ। सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विज्ञहरुको राय लिएर ६ चरणको योजना बनाएको हो। १२ साता लामो उक्त रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि लकडाउन पूर्ण रुपमा खुला गर्न सकिने उल्लेख छ।

सीसीएमसीले बनाएको रणनीति उच्चस्तरीय समन्वय समितिमा पठाउने तयारी भएको छ। समितिले यसलाई पारित गरेपछि मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यान्वयन गरिनेछ।

६ चरणको कार्ययोजनामा पहिलो चरण अर्थात् पहिलो दुई हप्ता कृषि, साना उद्योग, खुद्रा पसल लगायतका साना व्यवसाय आंशिक रुपमा खुला गरिनेछ।

दोस्रो चरणमा कृषि कार्यलाई पूर्ण रुपमा खुला गर्दै सम्पूर्ण वित्तीय संस्थाहरु आंशिक खुला गरिनेछ। तेस्रो चरणसम्म पत्रपत्रिकाको प्रकाशन बन्द गरेर अनलाइनलाई प्राथमिकतामा राख्ने प्रस्ताव गरिएको छ।

चौथो चरणबाट आशिंक रुपमा निजी र केही सार्वजनिक सवारीसाधन चल्न दिने योजना बनाइएको छ। यही चरणबाट आंशिक खुलिरहेका उद्योग, वित्तीय संस्था र अन्य निकाय पूर्ण रुपमा खोलिने प्रस्ताव गरिएको छ।

पाँचौं चरणमा ठूलो संख्यामा भिडभाड हुने अवस्थाका बाहेक सबै संघसंस्था, बजार र यातायात खोलिनेछ।

पाँचौं चरण अर्थात् दशौं हप्तासम्मकाे समीक्षापछि अवस्था ठिक ढंगले अघि बढे छैटौं चरणमा प्रवेश गर्ने योजना बनाइएको छ। छैटौं चरणबाट सामाजिक दूरी कायम राख्दै, मास्क अनिवार्य गरेर सबैजसो कार्यालय, यातायातका साधन र बजार खुला गरिनेछ ।

नेपालमा लकडाउन

पहिलो : चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म

दोस्रो : चैत २५ सम्म

तेस्रो : वैशाख ३ मध्यरातसम्म

चौथो : वैशाख १५ मध्यरातसम्म

पाँचौँ : वैशाख २५ मध्यरातसम्म

छैटौँ : जेठ ५ मध्यरातसम्म

सातौँ : जेठ २० मध्यरातसम्म

आठौँ : जेठ ३२ मध्यरातसम्म






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution