हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?

याम्बु । विश्व मानव अस्तित्व रक्षाका लागि संघर्षरत छ । विश्वभर फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि संसारभरका सरकार प्रयासरत छन् । नेपाल पनि कोरोना संक्रमण नियन्त्रणका लागि जुधिरहेको छ । कोरोनाभाइरस संक्रमण नफैलियोस् भनेर विश्वभरका देशले जस्तै नेपालले पनि लकडाउन गरेको छ ।

लकडाउन घोषणा भएको मंगलबार ७१ औं दिन भएको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सबै गतिविधि ठप्प छन् । लामो समयको लकडाउनका कारण व्यापार, व्यवसायदेखि सबै सामाजिक, आर्थिक, धार्मिकलगायतका गतिवधि ठप्प प्राय छन् । जसले गर्दा निम्न र मध्यम वर्गीय नागरिक अभावमा परेका छन् । खानपानको व्यवस्थासमेत नहुँदा उनीहरुमा मानसिक समस्या बढ्न थालेको विज्ञहरुले बताउन थालेका छन् ।

लामो समयदेखि लकडाउन हुँदा राजस्व उठ्न सकेको छैन । त्यसैले सरकारी ढुकुटीमा पैसा रित्तिँदै गएको छ । विश्वभरका देशहरुले जनता लक्षित कार्यक्रम ल्याइरहेका छन् । नेपालले पनि जनता लक्षित कार्यक्रम ल्याएको बताउने गरेको छ । तर, निम्न वर्गीय जनताले अनुभूत भने गर्न सकेका छैनन् ।

बरु सरकारले लकडाउनकै बेला पनि नागरिकलाई सबै कर तिर्न उर्दी जारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दा र बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा लकडाउनका कारण मर्कामा परेकाहरुलाई राहत हुने गरी बजेट ल्याएको दाबी गरे ।

तर, यसको भोलिपल्ट मंगलबार अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै सबै आयकर दाखिला जेठ २५ गतेभित्रै गर्न आह्वान गरेको छ । लकडाउनले सबै उद्योग व्यवसाय ठप्प छन् । मानिसले काम पाएका छैनन् । भोकभोकै मर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तर, सरकारले रातह दिनुको सट्टा कर बुझाउन निर्देशन दिएर कोरोना महामारीका बेला जनतालाई आहत दिएको छ

@डिसीनेपाल






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution