हेडलाईन

संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ         भोजपुर समाज इजरायलको अध्यक्षमा अनु थापा         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल अध्यक्षमा चिनु सुवेदी निर्वाचित        

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ? भारतको नाम सम्बन्धी चाखलाग्दो इतिहास छ । प्राचीनकालमा महाराजा भरतले सम्पूर्ण भारतलाई विस्तार गरेका कारण उनको नामबाट ‘भारत’ रहन गएको बताइन्छ ।

मध्यकालमा तुर्क र ईरानीहरू भारत प्रवेश गर्दा सिन्धु घाटी भएर आए । उनीहरू ‘स’लाई ‘ह’ उच्चारण गर्थे, तसर्थ सिन्धु अपभ्रंश भएर हिन्दू रहन गएको भनाइ भारतमा रहेको छ । उनीहरूले त्यहाँका वासिन्दाहरूलाई ‘हिन्दू’ भनेर सम्बोधन गरे र हिन्दूको देशलाई ‘हिन्दुस्तान’ नाम दिइयो ।

सिन्धु नदीलाई ‘इन्डस’ नदी पनि भनिन्छ । सिन्धु नदीको किनारमा विकसित सभ्यतालाई सिन्धु घाटी सभ्यता भनिन्छ । भारत आउने विदेशीले सिन्धु नदीलाई ‘इन्डस’ नाम दिए । सिन्धु सभ्यताको कारण भारतको पुरानो नाम ‘सिन्धु’ पनि थियो, जसलाई ग्रीकमा इन्डो वा इन्डस पनि भनिन्थ्यो । यस शब्दलाई ल्याटिन भाषामा ‘इन्डिया’ भनिन्छ ।

जब ब्रिटिशहरू भारत आए, त्यसबेला भारतलाई हिन्दूस्तान भनिन्थ्यो । यद्यपि उनीहरूलाई हिन्दूस्तान भन्न समस्या भयो । त्यसपछि ब्रिटिश शासनको क्रममा ‘इन्डिया’ नाम प्रचलनमा आयो र विश्वभर धेरै प्रख्यात भयो ।

सन् १९४७, १४–१५ अगस्तको मध्यराति भारत स्वतन्त्र हुँदा संविधान र कानूनको निर्माण भइरहेको थियो । संविधान सभामा देशको नाममाथि प्रश्न उठ्दा थुप्रै विकल्पमा बहस भयो । जसमा भारत, हिन्दूस्तान, इन्डिया, हिन्द जस्ता विकल्पमा छलफल भयो ।

संविधान मस्यौदा समितिका अध्यक्ष डा. भीमराव अम्बेडकर देशको नाममा छिट्टै सहमति होस् भन्ने चाहन्थे । तर यसमा लामो बहस भयो ।

भारत उत्तरमा कश्मीरदेखि दक्षिणको कन्याकुमारीसम्म फैलिएको छ । संविधान सभामा प्रत्येक क्षेत्र र हरेक भाषाका मानिसहरू बसिरहेका थिए । हिन्दीलाई आधिकारिक भाषा मान्नेमा पहिले नै धेरै विवाद भएको थियो ।

यस्तो अवस्थामा संविधानको धारा १ मा लेखियो – इन्डिया अर्थात् भारत राज्यहरूको संघ हुनेछ ।

संविधानमा राष्ट्रिय गान र झण्डाको निर्णय भइसकेको थियो । देशमा ‘भारत माता की जय’को नारा लगाउने निर्णय गरियो । महात्मा गान्धीको नेतृत्वमा देशलाई स्वतन्त्रता आन्दोलनमा एकसाथ ल्याउनका लागि भारतले ‘भारत माता की जय’ भन्ने गरेको थियो ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution