कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने
नेपाल–इजरायल सम्बन्धको ६० औँ वर्षगाँठको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग टेलिफोन संवाद गरेका छन्।
संवादमा दुवै देशका प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरेका थिए भने यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमत भएका छन्।
संवादमा द्वीपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने र कृषि तथा स्वास्थ्य क्षेत्रमा इजरायलको प्रविधि नेपाल भित्र्याउने बारेमा पनि कुराकानी भएको ओलीले ट्वीटरमार्फत् जनाएका छन्।
सो क्रममा ओलीले इजरायलमा रहेका नेपालीलाई पु(याएको सहयोगका लागि समकक्षीलाई धन्यवाद दिएका छन्।