हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो

याम्बु  । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा गृहयुद्धको जस्तो अवस्था सिर्जना भएको छ । एक अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई पुलिस कस्टडीमा भएको हत्याको विषयलाई लिएर भड्किएको हिंसा ह्वाईट हाउससम्म पुगेको छ ।

आईतवार ढुङ्गामुढा भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी समेत अमेरिकाका ४० शहरमा कर्फ्यू लगाईएको छ ।

आईतवार राती प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिकका विभिन्न ठाउँमा आगो लगाएका छन् । ह्वाईट हाउसकधो आसपासमा स्थित ऐतिहासिक सेन्ट जोन एपिस्कोपल चर्चमा पनि प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।

अमेरिकाको मिनेपोलिसमा एक अश्वेत व्यक्तिलाई पुलिस हिरासतमा मृत्यु भएको थियो । पुलिसले उक्त अश्वेत व्यक्तिलाई मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अश्वेतको मृत्युपछि मिनेपोलिस सहित अमेरिकाका ४० शहरमा हिँसा भड्किएको छ ।

हिंसाले उग्ररुप लिएसँगै ४० वटा शहरमा कर्फ्यू लगाइएको छ । वाशिंगटनमा ठूलो संख्यामा एकत्रित भएका प्रदर्शनकारीहरुले ह्वाइट हाउसको बाहिर नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले प्लाष्टिकका बोतलमा पानी भरेर पुलिसकर्मीहरुलाई हिर्काईरहेका छन् ।

पुलिसले स्थिती नियन्त्रण गर्नका लागि अश्रु ग्याँसको प्रयोग गरेको छ । साथै प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिक रहेको शेवरलेटका गाडीहरुमा आगो लगाईदिएका छन् ।

उक्त गाडीहरु पुलिस तथा विशेष सेवाका लागि अधिकारीहरुले प्रयोग गर्ने गर्दथे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १४ सय भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिनेपोलिसमा २६ मेको दिन जर्ज फ्लोयड नामका एक व्यक्तिलाई पुलिसले धोका दिएको आरोपमा गिरफ्तार गरेको थियो ।

एक पुलिस अफिसरले सडकमा आफ्नो घुँडाले उनको घाँटीमा करिव ८ मिनेटसम्म थिचेका थिए । जसका कारण उनको मृत्यु भएको थियो ।

त्यसपछि उक्त भिडियो भाइरल बन्यो । भिडियोमा ४० वर्षका जर्जले अफिसरसँग नमार्न आग्रह गरिरहेको देखिन्छ ।

अमेरिकाका मिनीपोलिसमा उक्त श्वेत पुलिस अधिकारीलाई शुक्रवार गिरफ्तार गरिएको छ ।

उसलाई थर्ड डिग्री हत्या र मानव हत्याको अरोप लागेको छ । फ्लोयडको मृत्यु पछि अमेरिकामा हिंसात्मक प्रदर्शन भईरहेको छ ।

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution