हेडलाईन

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता         इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी         संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ        

८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’

जगतमान लामा दोङ,याम्बु – नेपाल तामाङ घेदुङले तामाङ पत्रकारहरूको ‘कोरोना बिमा’ गर्न तामाङ पत्रकार संघलाई आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै घेदुङ संघीय कार्यसमितिले ८२ जना तामाङ पत्रकारको बिमा गर्न लाग्ने प्रिमियम शुल्कबापतको ४९ हजार २ सय रुपैयाँ तथा १ सय थान केएन–९५ मास्क तामाङ पत्रकार संघलाई हस्तान्तरण गरेको हो । आइतबार एक समारोहबीच घेदुङकी वरिष्ठ उपाध्यक्ष बेली लामाले पत्रकार संघका अध्यक्ष विष्णु तामाङलाई उक्त सहयोग हस्तान्तरण गरिन् ।

८२ जनाका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमाङ्कको बिमा गर्न लाग्ने ४९ हजार २ सय रुपैयाँ रकम र मास्क नेपाल तामाङ घेदुङ पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङले सहयोग गरेको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । विभागीय प्रमुख घिसिङले यसअघि नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

‘कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले विशेष सुविधा दिएको छ, तर समाचार संकलनका लागि खटिने पत्रकारले त्यस्तो सुविधा नपाइरहेको कारण घेदुङले संस्थागत रूपमा पहल गरी तामाङ पत्रकारहरूको बिमा गर्न सहयोग गरेका हौं,’ उपाध्यक्ष घिसिङले भने, ‘हाम्रो अनुरोधलाई स्वीकारेर सहयोग गर्नुहुने पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख कुयाङ लामा घिसिङप्रति आभार व्यक्त गर्दछौं ।’ उक्त कार्यमा घेदुङको सूचना तथा सञ्चार विभागले विशेष पहल गरेको थियो । पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका जगत दोङले समन्वयकारी भूमिका खेलेका थिए ।

संघका अध्यक्ष विष्णु तामाङले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा पत्रकारको बिमा गर्न सहयोग गरेकोमा घेदुङको संघीय कार्यसमिति, पुरातात्त्विक अनुसन्धान विभाग प्रमुख घिसिङ र यस कार्यमा समन्वय गर्ने सूचना तथा सञ्चार विभागप्रति आभार व्यक्त गरे । उनले देशभर क्रियाशील ८२ जनाको युनाइटेड इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको जानकारी दिए । ‘हामी सकेसम्म कसैलाई पनि कोरोना सङ्क्रमित भएर बिमा रकम लिनुपर्ने अवस्था नआओस् भन्ने कामना गर्छौं, यद्यपि सङ्क्रमित भइहालेमा थोरै भए पनि राहात पुग्ने अपेक्षासहित बिमा गरिदिने निर्णय गरेका हौं,’ अध्यक्ष तामाङले भने, ‘यस कार्यमा सहयोग गरेर अभिभावकीय भूमिका निर्वाह गरिदिएकोमा घेदुङ संघीय कार्यसमितिप्रति आभार व्यक्त गर्दछौं ।’

कार्यक्रममा घेदुङकी वरिष्ठ उपाध्यक्ष लामाले कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्न घेदुङले संस्थागत रूपमा निर्णय गरेर अगाडि बढ्ने जानकारी दिइन् । उनले घेदुङमार्फत अगाडि बढाइने सहयोग कार्यक्रममा व्यक्तिगत रूपमा सहयोग गर्नसमेत आफू तयार रहेको बताइन् ।

घेदुङका महासचिव बाबु घिसिङले सरकारले लागू गरेको लकडाउनका कारण संस्थागत रूपमा सहयोग कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘हामीले चाहेर पनि सहयोग गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘घेदुङलगायत विभिन्न समुदायको प्रतिनिधिमुलक संघसंस्थाहरूलाई सरकारले कोभिड–१९ नियन्त्रणका लागि काम गर्न अपिल गरेको भए सहज हुने थियो, तर यसतर्फ सरकारको ध्यान पुगेको छैन ।’

महासचिव घिसिङले लकडाउन लम्बिदै जाँदा जनजीवन थप कष्टकर बन्दै गएको बताए । ‘कोभिड–१९ नियन्त्रण तथा लकडाउनका कारण समस्यामा परेकालाई राहात दिन सरकारले प्रभावकारी काम गर्न सकेको छैन,’ उनले भने, ‘लकडाउन मात्रै लम्ब्याउँदै जाने हो भने अब धेरै जनता भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ, यसतर्फ सरकारको ध्यान पुगोस् ।’

अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष एवं घेदुङको विदेश विभाग प्रमुख टासी लामाले कोरोना महामारीका कारण विश्वभरका तामाङ समुदायमा पारेको प्रभाव र परिषद्बाट भइरहेको पहलबारे जानकारी दिएका थिए ।

कार्यक्रममा घेदुङका सचिव रामकृष्ण ब्लोन, कोषाध्यक्ष रुपबहादुर योञ्जन, पत्रकार संघका उपाध्यक्ष लक्ष्मी रुम्बालगायतको उपस्थिति थियो






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution