हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

राहुल गान्धीले भने- नेपालसँग सीमाविवादबारे सरकारले जानकारी दिएन

भारतीय कंग्रेसका पूर्वअमाविवादबारे जानकारी नदिएको भन्दै भारत सरकारको आलोचना गरेका छन् । गान्धीले मंगलबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनसँग सीमा विवादका कारण र सरकारले कसरी परिस्थिति सम्हालिरहेको छ भन्नेबारेमा सरकार अपारदर्शी भएको पनि आरोप लगाएका छन् ।

फाइल  फोटो

भारत सरकारले गत १६ कात्तिकमा कालापानीलाई समेटेर जारी गरेको नक्सा, २६ वैशाखमा लिपुभञ्ज्याङ जोड्ने सडक उद्घाटन गरेको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे कंग्रेस शीर्ष नेताले पहिलोपटक आलोचना गरेका हुन् ।

नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिबारे कंग्रेस जानकार नभएको पनि उनको भनाइ छ । ‘नेपालसँग सीमाको इस्यु छ । यसमा के हुँदै छ, कसरी हुँदै छ भन्ने विस्तृत जानकारी पारदर्शी रूपमा सरकारले देशलाई दिनुपर्छ । यसबारेमा कोही पनि स्पष्ट छैन । नेपालमा के भयो, कुन प्रकारले भयो, कसरी भयो ? लद्दाख (भारत–चीन सीमा)मा के भयो, यसमा सरकारले पारदर्शी रूपमा देशलाई बताउनुपर्छ,’ गान्धीले भने ।

गान्धीले चीनसँग भारतले कसरी संवाद गरिरहेको र परिस्थिति के हो भन्नेबारेमा सरकारले जानकारी नगराएकोमा पनि आलोचना गरेका छन् । भारत सरकारले पाँच वर्षअघि नेपालमाथि भारत सरकारले लगाएको नाकाबन्दीको पनि भारतीय राष्ट्रिय कंग्रेसले संसद र बाहिर आलोचना गरेको थियो ।

भारतले २६ वैशाखमा पिथौरागढबाट नेपालको कालापानी हुँदै लिपुभञ्ज्याङ जोड्ने ८० किलोमिटर सडकमार्ग उद्घाटन गरेपछि नेपालमा चर्को विरोध हुँदै आएको छ । नेपालले परराष्ट्र मन्त्रालयमार्फत २७ वैशाखमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै एकतर्फी सडक निर्माण अमान्य हुने स्पष्ट पारेको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्यमार्फत सडक निर्माण मान्य नहुने बताएका थिए ।

भारतीय विदेश मन्त्रालयले भने २७ वैशाखमा जारी विज्ञप्तिमा भारतीय भूभागमा सडक निर्माण गरेको जिकिर गर्दै लकडाउन सकिएपछि परराष्ट्रसचिवस्तरीय वार्तामा बस्न भारत तयार भएको उल्लेख गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २९ वैशाखमा भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालका तर्फबाट कूटनीतिक नोट (विरोधपत्र) हस्तान्तरण गरे भने राजदूत क्वात्राले मन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयको विज्ञप्ति हस्तान्तरण गरेका थिए ।

त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालका प्रतिक्रियाप्रति रोष व्यक्त गर्दै कसैको उक्साहटमा नेपाल बोलेको आरोप लगाएका थिए । नेपाल सरकारले ४ जेठमा लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार बुधबार भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी छिन् । नयाँ नक्सा सार्वजनिक भएपछि भारतले विरोध जनाएको छ ।

भारतले कूटनीतिक वार्तामार्फत विद्यमान सिमानासम्बन्धी मुद्दाहरूको समाधान गर्ने द्विपक्षीय समझदारी नेपालले तोडेको र एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ ।भारतले भनेको छ, ‘नेपालको कृत्रिम विस्तार भारतले स्वीकार गर्दैन ।’ तर, भारतले कालीपूर्वका ती भूभाव के–कसरी भारतको हो भन्ने दाबी प्रस्तुत गरेको छैन ।

भारतको दृष्टिकोणसँग नेपाल परिचित रहेको दाबी गर्दै विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपाल सरकारलाई अनुचित दाबीबाट पर रहन तथा भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् ।

भारतले गत १६ कात्तिकमा नेपालको कालापानीसमेत समावेश गरेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक वार्ताका लागि दुईपटक चिठी पठाएको थियाे । पहिलो चिठी ४ मंसिरमा र एक सातापछि अर्को चिठी पठाएर वार्ताको मति तय गर्न आग्रह गरे पनि भारतले वार्तामा बस्ने सैद्धान्तिक जवाफ मात्रै दिएको थियो ।

यसअघि अघिल्लो बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् । उनले आगामी दिनमा भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution