हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लकडाउनमा भोकमरीको सिकार भए सूर्यबहादुर तामाङ, भारी बोक्नेको सडक बन्यो मृत्यु शैय्या

याम्बु – टालेका लुगा, फाटेका चप्पल, काँधमा नाम्लो बोकेर कीर्तिपुरको सडक र गल्लीमा भारी बोक्दै गुजारा गर्ने सूर्यबहादुर तामाङको आइतबार जीवनको अन्तिम दिन हुन पुग्यो । कसैलाई थाहा थिएन, पिठ्युँमा भारी बोक्दै कीर्तिपुरका घरघर पुग्ने सूर्यबहादुरको पाइला कहिल्यै नचल्ने गरी एक्कासि रोकिन्छन् भनेर । नाम सूर्यबहादुर भए पनि सुर्जबहादुर भनेर चिनिने उहाँको जीवनको सूर्य एक्कासि अस्ताउन पुग्यो । हातमा भारी बोक्ने नाम्लो बोकेरै उहाँ कहिल्यै नउठ्ने गरी सुत्नुभयो ।

सूर्यबहादुरले कोठा सर्ने विद्यार्थीदेखि कीर्तिपुरमा बस्ने मानिसका सामानहरु घरसम्म पुर्याउने काम गर्नुहुन्थ्यो । त्यसैले उहाँलाई धेरैले चिन्ने गर्थे । उहाँको बस्ने आफ्नो कोठा थिएन । पाटीमै रात कटाउनुहुन्थ्यो । कहिले पिठ्युँमा खाट, कहिले काँधमा ग्याँसका सिलिण्डर बोक्दै सडक र गल्लीमा हिँड्नुहुन्थ्यो । बिहानदेखि बेलुकासम्म गरुङ्गो भारीले थिचिएका दिनहरु ब्यतित गर्नुपरे पनि सूर्यबहादुरले कहिल्यै थकान महसुस गर्नुभएन । अन्तिम साससम्म आफ्नो कर्ममा अडिग रहनुभयो ।

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको ६२ औँ दिन अर्थात् जेठ ११ गते उहाँको निधन भयो । कीर्तिपुर वडा नम्बर १० को चिथुमा रहेको मङ्गल माध्यमिक विद्यालयनजिकैको फुटपाथमा उहाँलाई छटपटाइरहेको अवस्थामा देखेपछि केही स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय पत्रकार वीरेन्द्र शाक्यले बताउनुभयो । प्रहरी र वडाका जनप्रतिनिधिले अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताएको उज्जालोअनलाइनमा समाचार छ ।

मर्ने दिन पनि भारीले छोडेन

मर्ने दिन बिहान पनि सूर्यबहादुरले दाउराको भारी बोकेर तलतिर जाँदै गरेको स्थानीयले देखेको पत्रकार शाक्यले बताउनुभयो । दिउँसो शव देख्दा स्थानीय पनि आश्चर्यमा परे । लकडाउन सुरु भएपछि कीर्तिपुरका पसलहरु खुल्न छाडे । चैत २३ गतदेखि कीर्तिपुरका युवा व्यवसायीले तामाङजस्तै दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि निःशुल्क खाना केन्द्र सञ्चालन गरेपछि उहाँले पनि त्यहीँ खाना खाँदै आउनुभएको थियो ।

वैशाख मसान्तसम्म उहाँको छाक यसरी नै टर्यो । त्यसपछि उहाँको खानाको जोहो कसरी भयो भन्नेबारे कसैलाई थाहा भएन । लकडाउन नखुल्दै आफ्नो जीवनको भारी बिसाउनुभएका सूर्यबहादुर केही दिन या केही छाक भोको रहेको हुनसक्ने कीर्तिपुरका डिएसपी कामतीको अनुमान छ ।

पाटी नै घर थियो

बिस/पच्चिस वर्षसम्म भारी बोक्दा पनि सूर्यबहादुरले हरेक रात पाटीमै बिताउनुभयो । जेठको चर्को गर्मी होस् या पुसको कठ्याङ्ग्रिदो चिसो, न उहाँले पाटी छोड्नुभयो, न पाटीले उहाँलाई छोड्यो । भारी बोक्न नसकेको वेला उहाँले चिनेजानेकासँग मागेर खानुहुन्थ्यो ।

लकडाउन सुरु भएपछि होटल र पसल बन्द भयो । तामाङको भारी बोक्ने काम लगभग ठप्प भयो । जाँडरक्सी खाने बानी भएका तामाङको स्वास्थ्य बिग्रिँदै गयो । खानाको अभावमा उहाँको ज्यान गएको हुन सक्ने डिएसपी कामतीको भनाइ छ । धादिङ घर बताउने तामाङको पारिवारिक अवस्थाबारे खोजी भइरहेको छ ।

उहाँको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । रिपोर्ट आउन कम्तीमा ५ दिन लाग्ने डीएसपी कामतीले बताउनुभयो ।

उहाँलाई आफ्नो आफन्त बताउने अहिलेसम्म आफन्त आएका छैनन् । उहाँको आफन्तको खोजी गर्ने काम भइरहेको कीर्तिपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष अमन महर्जनले बताउनुभयो । रिर्पोट आउने वेलासम्म कसैले मेरो मान्छे भन्ने दाबी गरे उसैलाई शव बुझाउने अध्यक्ष महर्जनको भनाइ छ । कोही दाबी गर्न नआएपछि मात्र शवलाई के गर्ने भन्नेबारे निर्णय गरिने उहाँले बताउनुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution