हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

६ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि

वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ६ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।

‘उक्तब्यक्तिको मृत्युपछि शंकाको आधारमा लिइएको स्वाबको परीक्षणमा वीरगन्जकै नारायणी अस्पतालमा रहेको पिसिआर ल्यावको रिपोर्ट पोजेटिभ देखिएपछि दोस्रो परीक्षणको लागि काठमाडौं पठाइएको थियो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यसको पुष्टि गर्दै भने, ‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला कोभिड–१९ नियन्त्रण तथा ब्यवस्थापन समितिको बैठक बस्न लागेको छ, यस सन्दर्भका अब अगाडि के गर्ने बारे ।’

मृतकको परिवारदेखि अस्पतालसम्म सम्पर्कमा आएका सबैको कन्ट्रयाक्ट ट्रेसिङ लगायतको निर्णय समितिले गर्ने चिकित्सकहरूको अनुमान छ । स्रोतका अनुसार नेशनल मेडिकल कलेजलाई सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने बिषयमा बैठकले छलफल र आवश्यक निर्णय गर्न सक्ने छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डलाई अस्पतालले उलंघन गरेको भन्दै यसैविच पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले समेत कलेज सिल गरेर कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र लापारवाहीको लागि कलेजमाथि कारवाही गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका छन्।

‘पहिलो रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेजले दोस्रो रिपोर्ट नआउँदै शवलाई सद्गति गर्न परिवारको जिम्मा लगाउनु ठुलो लापारवाही हो,’ सांसद यादवले नागरिकसित टेलिफोनमा भने, ‘मेरो क्षेत्र र जिल्लाको बिषय हो, मैले कन्ट्रयाक्ट ट्रेसिङ र उचित कारवाहीको लागि स्थानीय प्रसाशनलाई भनेको छुँ ।’

अस्पतालबाट नै अपेक्षा बिपरीत लापरवाही भएको मानिसहरूको आम प्रतिक्रिया छ । चौधरी थरका ७० बर्षिय मृतक जेठ २ गतेका दिन भर्ना गरिएका थिए । २ दिनपछि उनको जेठ ४ मा नेशनल मेडिकल कलेज अस्पतालमा नै उपचारका क्रममा उनको निधन भयो । सोही दिन कलेजले शव परिवारजनलाई बुझाएपछि परिवारले चलनअनुसार लगेर अन्त्येष्टी गरेका थिए ।

अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर त्यहाँको चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गरेका थिए । परिवारजनले घरबाट उपचारको लागिबोकेर ल्याएकाथिए र लगेर अनत्येष्टि गरेका थिए । ति चिकित्सक र स्वास्थ्यकर्मीले त्यहाँ भर्ना रहेका अरु बिरामीको समेत हेरचाह गरेका थिए । यसरी यस घटनामा कन्ट्रयाक्ट ट्रेसिङको दायरा फराकिलो भएको छ @






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution