हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपालको बुच्चो नक्सामा चुच्चो लागेपछि …….

बुच्चो नक्सा चुच्चो भयो । छुच्चो, लुच्चो छिमेकी हामीलाई अझै फुच्चो भन्दैछ । नक्साको चुच्चोले घोचेपछि बर्बराउनु स्वभाविकै हो ।

छिमेकीको बानी नै त्यस्तै हो, सधैं बर्बराइरहन्छ । पत्रकारिताबाहेक अरु सबैथोक गर्न जानेका त्यहाँका टेलिभिजन पनि आँखा चिम्लेरकर्कस स्वरमा बर्बराइरहन्छन् । टेलिभिजन होस्ट र गेष्टका बर्बराहटलाई उतैकाले सुनून्, हामी आफ्नै बुच्चेबाट चुच्चे भएको नक्साकाकुरा गरौं ।

नेपालको नक्साको पश्चिमोत्तर सीमामा चुच्चो हुन्छ भन्ने कुरा हामीले त केटाकेटीदेखि नै जानेको हो । स्कुलमा सामाजिक विषय पढाउनेसर र मिसले किताबमा बुच्चो नक्सा देखाएर पढाउँथे, त्यही घोकाउँथे । हामी त्यही बुच्चो नक्सा हेर्थ्यौ, पढ्थ्यौं । हामीलाई यस्तै नक्साबनाउ भन्थे । हामी हातमा पेन्सिल बोकेर कापीमा नक्सा कोर्न थाल्थ्यौं ।

तर किताबमा देखाएको र सरमिसले पढाएको जस्तोभन्दा भिन्न नक्सा बन्थ्यो । किनकी हामीलाई नानीदेखि नै थाहा थियो, किताबमाभएको र सरमिसले पढाएको नक्सा सही हैन । त्यसैले हामीले कापीमा कोरेको नक्सा अर्कै बन्थ्यो । हामीले बनाउने ती नक्सामा धेरैवटाचुच्चा बन्थे, एउटा चुच्चोचाहिँ भर्खर नेपालले जारी गरेको जस्तै महाकालीको शीरमै बन्थ्यो ।

पढ्ने बेला नक्सामा त्यस्ता चुच्चा त कति बनाइयो, बनाइयो । दार्चुलाको कालापानी हुँदै लिपुलेक र लिम्पियाधुरासम्म मात्रै होइन, हामीले कञ्चनपुरको टनकपुरसम्मै चुच्चो बनायौं । कपिलवस्तुको कृष्णनगर, दाङको कोइलाबास, रुपन्देहीको मर्चबार, नवलपरासीकोसुस्ता, रौतहटको जमुनानगर, झापाको मेचीपारी सबैतिर चुच्चो थप्यौं ।

किताबमा पढेको नक्सा ठिक छैन भन्ने हामीलाई पहिल्यै थाहा थियो । त्यसैले सामाजिक विषयको जाँच दिंदा बनाएका नक्सामाहामीले जानेसम्म चुच्चाहरु थप्यौं । कसैले पूर्व र पश्चिममा नाकजस्तै चुच्चो बनायौं, कसैले दक्षिणतिर खुकुरीजस्तै धार मिलेको चुच्चोथप्यौं । अझै दुई, चार कदम अघि बढेर कसैले उत्तर र अरुतिर पनि चुच्चो थप्यौं होला । तर जाँचमा हामीले बनाएको त्यो चुच्चो नक्सालेपाउनुपर्ने जति पनि नम्बर पाएन । चुच्चो नक्सा बनाउने जतिको नम्बर कम आयो । धेरै जना फेल भयौं ।

हामीलाई बुच्चो नक्सा देखाएर पढाउनेहरु, त्यस्तो नक्सा किताबमा छाप्नेहरु र नक्सा बनाउनेहरु नै फेल थिए, त्यसैले उनीहरुले हामीलाईपास हुन दिएनन् । अहिले बल्ल नक्सामा चुच्चो थपियो । त्यसैले जाँचका बेला नक्सा चुच्चो बनाउने म र मजस्ता सबैलाई ढिलै भए पनित्यो बेला नपाएको नम्बर फिर्ता चाहियो । सरकारले चुच्चो भूमि फिर्ता ल्याउनु पहिले सरमिसले नम्बर फिर्ता गर्नुपर्यो । चुच्चे नक्साबनाएर फुच्चे भएका हाम्रो नम्बर उच्चो हुनुपर्यो ।

नयाँ नक्सामा घोप्टो परेको चुच्चोलाई कसैले बाहुनको नाकजस्तो देखेका छन्, कसैले खुकुरीजस्तो । कसैले एकसिङ्गे गैँडा जस्तै भएछ, सीमा तस्करहरुले खाग सम्झेर त्यो चुच्चो काट्ने त हैनन् भन्ने आशंका पनि गरेका छन् ।

नक्साको चुच्चो बाहुनको मात्रै होइन, सबै नेपालीको नाक हो । खुकुरीजस्तो होइन, खुकुरी नै हो । आफ्नो नाकको महत्व र खुकुरीकोइतिहास त सम्झाउनु नपर्ला । तर नक्साको चुच्चोले पारितिर मात्रै घोच्ला कि वारितिर पनि कोतर्ला, त्यो चाहिँ सोच्नै पर्ने भएको छ ।

५८ वर्षदेखि अरुको भूमिमा बसिरहेका पारिका मान्छेहरु चुच्चोले घोचेर रन्थनिनु आश्चर्यको कुरा होइन । अनि त्यहाँका केही टेलिभिजनर अरु मिडिया बर्बराउनु पनि नौलो होइन । सबैलाई थाहा छ, भारतीय मिडियामा ५ वटा सी बिक्छ । ५ सी अर्थात -crime, cinema, celebrity, cricket र china । जे बिक्छ, त्यही बिकाउन खोज्छन् । भए, नभएको कुरा भट्याएर जे पनि बिकाउन खोज्नेको कुरा अबपत्याउने, नपत्याउने चाहिँ किन्ने र हेर्नेले नै हो ।

अहिले पाकिस्तान र चीनसँग त्यति लफडा छैन । सलमान र शाहरुखको झगडा पनि हुन छाड्यो । हिरोइनहरु गर्भवती र सुत्केरी पनिभएका छैनन् । यौन र अपराधका कुरा पनि बिक्न छाडे । भारतीय मिडियाहरु फुर्सदिला छन् । यहीबेला उनीहरुले नक्साको चुच्चो देखे ।यस्तो चुच्चो पहिले पनि थियो भन्ने इतिहासका दस्तावेज उनीहरुलाई थाहा छैन । आफ्नो भूमि ब्रिटिशको कब्जामा हुँदा नेपाल सधैंस्वतन्त्र थियो र नेपालको सीमा अहिलेको चुच्चोले देखाएकोभन्दा पनि निकै परसम्म थियो भन्ने उनीहरुलाई पत्तो छैन । तर नानीदेखिलागेको बानी नक्साको कुरा निकालेर त्यसै बुरुकबुरुक गरिरहेका छन् । चुच्चोले घोचेपछि दुख्यो, त्यसैले त बुरुकबुरुक गर्दैछन् ।

२०३२ सालअघि नक्सा यस्तै चुच्चो थियो । तर छुच्चो छिमेकीको लहलहैमा त्यतिबेलाका फुच्चो र लुच्चो शासकहरुले बुच्चो नक्सामैचित्त बुझाए । हामीसित हाम्रै भन्ने प्रमाण छ । उनीहरुसँग यतिबेलासम्म के हेरेको थिस् भन्ने मिच्याईं र बुरुकबुरुक बाहेक अर्थोक छैन ।

जे होस्, छिमेकीलाई चुच्चोले घोचेको छ । यताका कसैकसैलाई पनि घोचेको हुन सक्ला । यताकालाई चुच्चोले घोच्यो भने यिनीहरुकोनम्बर बुच्चो हुन्छ, सधैंका लागि फेल हुन्छन् । उबेला स्कुल पढ्दा जानीनजानी नक्सामा चुच्चो थप्ने हामी पास भयौं । चुच्चोले हाम्रोनम्बर र नाक उच्चो बनायो । अनि अहिलेसम्म बुच्चै नक्सामा रमाइरहेकाहरुलाई दनक दिंदै नक्सामा चुच्चो थप्नेहरुले खुट्टा कँपाएनन् भनेयिनीहरुको नाक र नम्बर त झन् आफसेआफ उच्चो हुने भैहाल्यो ।

– मिलन तिम्ल्सिन / उज्यालो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution